१९ कार्तिक २०८३, बिहिबार

हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन खोजेको भन्दै प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

akhil-sadak

काठमाडौं, ९ असोज । सरकारले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन खोजेको भन्दै एमाले निकट विद्यार्थी संघठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनीमार्गबाट सुरु भएको नाराजुुलसका सहभागीहरुले हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउन पाइदैन्, टीकापुर हत्याकाण्डका अपराधीलाई कारवाही गर, प्रचण्ड राष्ट्रघाती सम्झौता खारेज गर जस्ता नारा घन्काएका थिए ।

रत्नपार्क शान्तिवाटीकामा भएको कोणरभालाई सम्बोधन गर्दै अनेरास्ववियु अध्यक्ष नविना लामाले प्रचण्ड सरकारले भारतसँग राष्ट्रघाती सम्झौता गरेको, हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउन खोजेको भन्दै आपत्ति जनाइन् ।

साथै टीकापुर घटनाका अपराधिलाई आम माफी दिए चर्को आन्दोलन गर्ने पनि चेतावनी दिइन् ।