काठमाडौं, ९ असोज । युवा संघ नेपालका कार्यबाहक अध्यक्ष दिलु पन्तले यो देशको नवनिर्माणमा युवाहरुको प्रमुख भूमिका रहने बताउनुभएको छ ।
युवा संघ नेपाल जाजरकोटको सातौं जिल्ला अधिबेशनको उद्घाटन गर्दै उहाँले मुलुकमा बर्तमान अवस्थामा देखिएका जटिलतालाई सम्बोधन गर्न बर्तमान सरकार असफल भएको बताउनुभयो ।
विदेशीको इशारामा नेपालमा सत्ता सञ्चालन गर्ने सोच राष्ट्रिय मुद्दालाई कमजोर बनाउने षडयन्त्र भएको उहाँको भनाई छ ।
त्यस्तै उहाँले युवाहरुलाई रोजगार उन्मुख कार्यक्रम ल्याउन नसक्नु बर्तमान सरकारको उदासिनपन भएको आरोप लगाउनुभयो । देशमा बढेको विदेशी चलखेलको बिषयमा सबै सजग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा युवा संघ उपाध्यक्ष रमेश पौडेल, सचिव बचन सिंह, एमाले नेता निरज आचार्य, सिपी घर्ती लगायतले बोल्नु भएको थियो ।













प्रतिक्रिया