
काठमाडौं, ९ असोज । शंकास्पद वस्तुसहित एक जना इरानी नागरिक त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ परेका छन् ।
केन्द्री प्रहरी समाचार कक्षका अनुसार बिमानस्थलमा जेट एयरको उडानद्धारा श्रीलंका जान लागेका २५ वर्षीय ईरानी नागरिक भइदिनी कजामिरलाई चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको करीब १ केजी ८०० ग्राम चरेस जस्तो देखिने पदार्थसहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया