१९ कार्तिक २०८३, बिहिबार

अछाममा कांग्रेस र माओवादीका जिल्ला नेतासहित दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश

29.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

14462995_561088537415809_1836904548281272925_nअछाम, ९ असोज । पार्टी छोडेर एमाले पार्टी प्रबेश गर्नेको संख्या दिन प्रदिन बढीरहेका बेला अछाम जिल्लामा पनि विभिन्न दलबाट ४० जना नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् ।

शनिबार विभिन्न पार्टी परित्याग गरेर अछाममा ४० जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

प्रवेश हुनेमा नेपाली कांग्रेस तोषी गाउकार्य समिति सचिव देबेन्द्र बहादुर चलाउने, नेकपा माओवादी केन्द्रका जिल्ल्ला कमिटी सदस्य अमर शाही, नेकपा मालेका गाउँ कमिटी सचिव जमान सिहं चलाउने कांग्रेस नेता डम्मर चलाउने लगायत रहेका छन् ।

पार्टी प्रवेश गरेकाहरूलाई नेकपा एमालेका जिल्ला अध्यक्ष तथा पूर्व सांसद शेरबहादुर कुँवरले टीका लगाएर स्वागत गरेका थिए ।