१ कार्तिक २०८३, आइतबार

हिन्दी भाषालाई संविधानको अनुसूचीमै राख्छौंः गृहमन्त्री निधि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bimlendra-nidhi-congress

महेन्द्रनगर (धनुषा), ८ असोज । वर्तमान नेपाल सरकारको उपप्रधान मन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन मार्फत मधेसका मुद्दाको सम्बोधन हुने बताउनुभएको छ ।

हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने सरकारको प्रस्ताव रहेको भन्ने विभिन्न सञ्चारमाध्यममा आएका समाचार गलत र भ्रामक रहेको भन्दै यस विषयमा आफूले त्यस्तो अभिव्यक्ति नदिएको समेत बताउनुभयो । उहाँले नेपाली सरकारी कामकाजको भाषा रहेको देशमा बोलिने अन्य भाषालाई समेत संविधानको अनुसूचीमा राख्ने सन्दर्भमा आफूले राखेको प्रष्ट्याउनुभयो ।

उहाँले संविधानका केही बुँदालाई लिएर विद्यमान असहमति र विवादलाई संशोधनको माध्यमले सुल्झाउन सकिने बताउनु हुँदै संशोधनको पक्षमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) समेत सहमत हुने बताउनुभयो ।

गृहमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला धनुषाको तीनदिने भ्रमणमा आज जनकपुर आइपुग्नुभएका उपप्रधानमन्त्री निधिले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले)ले समेत संविधान परिवर्तनीय र संशोधनीय हुने कुरालाई स्वीकार गरिसकेकाले संशोधन प्रक्रियामा एमालेको समेत सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री निधिले निर्धारित समयमै स्थानीय चुनाव हुने उल्लेख गर्दै सीमाङ्कन सम्बन्धी संवैधानिक आयोगको बुझाइसँग फरक मत रहेकाले ती जम्मै पृथक धारणालाई एक ठाउँमा ल्याएर सर्वस्वीकार्य हुने किसिमको सीमाङ्कनका आधारमा स्थानीय निर्वाचन चैत मसान्तभित्र नै गराउने सरकारको तयारी रहेको प्रष्ट जनाउनुभयो ।

हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने सरकारको प्रस्ताव रहेको भन्ने विभिन्न सञ्चारमाध्यममा आएका समाचार गलत र भ्रामक रहेको भन्दै यस विषयमा आफूले त्यस्तो अभिव्यक्ति नदिएको समेत बताउनुभयो । उहाँले नेपाली सरकारी कामकाजको भाषा रहेको देशमा बोलिने अन्य भाषालाई समेत संविधानको अनुसूचीमा राख्ने सन्दर्भमा आफूले राखेको प्रष्ट्याउनुभयो ।

सञ्चारकर्मीको एउटा जिज्ञासाको उत्तरमा गृहमन्त्री निधिले आफू र प्रहरी प्रमुखबीच सम्बन्ध बिग्रेकोबारे गलत अफवाह फैलाइएको भन्दै प्रहरी प्रमुखसँग सम्बन्ध समधुर रहेको स्पष्ट पार्नुभयो ।

आज बुद्ध एयरको विमानबाट जनकपुर आइपुग्नुभएका निधिलाई विमानस्थलमा हजारौँंको सङ्ख्यामा रहेका नेपाली काँग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक, सरकारी अधिकारी तथा कर्मचारी लगायतले फूलमालाले स्वागत गरेका थिए ।

उपप्रधान एवम् गृहमन्त्री निधि आजै नेपाली काँग्रेस, धनुषाद्वारा जनकपुरमा आयोजना हुने कार्यक्रममा अभिनन्दन ग्रहण गर्नुहुनेछ भने आजै जनकपुर उद्योग वाणिज्य सङ्घको ५० औँं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

गृहमन्त्री निधिको जनकपुर आगमनसँगै जनकपुर क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । रासस