१९ कार्तिक २०८३, बिहिबार

नेपाली सेनाको ‘प्राड विवाक जर्नल’ संयुक्त रुपमा विमोचन

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jeneral-sena

काठमाडौं, ८ असोज । प्रधानन्यायाधीश शुशिला कार्की र प्रधान सेनापति राजेन्द्र क्षत्रीले जङ्गी अड्डामा आयोजित समारोहमा ‘प्राड विवाक जर्नल २०७३’ को संयुक्त रुपमा शुक्रबार विमोचन गर्नु भएको छ ।

सोही अवसरमा प्रधान सेनापति क्षत्रीले सैनिक बिशेष अदालतका पूर्व सदस्यहरुलाई सम्मान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीशहरु, महान्यायाधिवक्ता, रक्षा सचिव, नेपाली सेनाका रथीबृन्द, अधिकृत लगायत अन्य विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

‘प्राड विवाक जर्नल २०७३’ लाई नेपाली सेनाको बलाध्यक्ष विभाग अन्तर्गत रहेको प्राड विवाकले प्रकाशित गरेका हो ।