महेन्द्रनगर, ७ असोज । हिन्दूहरुको महान चाड दसैंको अवसर पारेर कञ्चनपुरको श्री जे बि एकेडेमी स्कुलमा असोज १३ गतेदेखि १७ गतेसम्म निःशुल्क योगविज्ञान शिविर संचालन हुने भएको छ ।
शुक्रबार बसेको जे बि एकेडेमीको बिद्यालय ब्यवस्थापन समिति र पतञ्जलि योग उप समिति कृष्णपुरको संयुक्त बैठकले निःशुल्क योग शिविर सञ्चालन गर्ने निर्णय गरेको जे बि एकेडेमीका प्रिन्सिपल जगदीश सेटीले बताउनुभयो ।
उक्त ६ दिने योग बिज्ञान शिबिरमा पतञ्जलि योग जिल्ला समिति कञ्चनपुरबाट योग प्रशिक्षकहरू आएर प्रशिक्षण गर्ने र एक दिन केन्द्रीय प्रभारि लवदेव मिश्रको पनि उपस्थिति रहने कृष्णपुर योग उपसमितिका महामन्त्री प्रकाश चन्द्र कलौनिले जानकारी दिनुभयो ।
साथै उक्त योग बिज्ञान शिबिर बिहान ६ बजेदेखि ८ बजेसम्म जे बि एकेडेमीको प्रांगणमा संचालन गरिने र कृष्णपुर नपा, झलारीपिपलाडी न पा र देखतभुलीका जनताले प्रत्यक्ष लाभ उठाउने जे बि एकेडेमीका बि.ब्य.स अध्यक्ष भुवन सावदले बताउनुभयो ।













प्रतिक्रिया