१ कार्तिक २०८३, आइतबार

‘सत्यदीप’की नायिका पब्लिसिटीबाट आउट

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shatyadeep4काठमाडौं । चलचित्र प्रदर्शनको समयमा प्रचार प्रसारका लागि निर्माण युनिटलाई कलाकारको साथ चाहिन्छ । तर पछिल्लो समय प्रदर्शनमा आएका र आउन लागेका केही चलचित्रलाई कलाकारले साथ नदिएका समाचारहरू मिडियामा छाउने गरेका छन् ।

निमार्ण समयमा हरेक समय साथ दिने बचन सहित चलचित्र आफ्नो पोल्टामा पारे पनि प्रचार प्रचारको समयमा बिभिन्न बहानामा कलाकारहरू भाग्ने गरेका छन् । जसका कारण निर्माण युनिटले त्यस्ता कलाकारलाई चलचित्र प्रचार–प्रसारभन्दा बाहिर राख्ने गरेको देख्न सकिन्छ । अक्सर यो समस्या नव कलाकारमा देखिएको छ ।

यस्तै प्रचार प्रसारमा साथ नदिएको भन्दै १४ असोजमा प्रदर्शनमा आउने चलचित्र ‘सत्यदीप’ले अभिनेत्री सबिना केसीलाई प्रचार–प्रसारभन्दा बाहिर राख्ने निर्णय गरेको छ । फुर्सद हुँदा–हुँदै प्रचार प्रसारमा निर्माण युनिटलाई साथ नदिएको भन्दौ केसीलाई प्रचार प्रसार भन्दा बाहिर राख्ने निर्णय गरेको हो ।

‘पटक पटक खबर गर्दा पनि आउँछु भन्ने, कुराउने तर नआउने गरेको कारण सबिनालाई मिडिया पब्लिसिटबाट बाहिर राख्ने निर्णय गरेका हो’, निर्माता बिनयराम श्रेष्ठले भने, ‘यो मेरो मात्र होइन, पूरै युनिटको निणर्य हो ।’ चलचित्र खेल्ने बेलामा पछि लाग्ने अहिले चलचित्रलाई आवश्यक पर्दा बिभिन्न बहाना बनाउनेलाई कारबाही गर्नै पर्ने उनको भनाई रहेको छ ।

चलचित्र ‘सत्यदीप’ बिनयराम श्रेष्ठको निर्माण र पुष्कर घिमिरेको डेब्यु निर्देशन रहेको चलचित्र हो । गीत संगीतकै माध्यमबाट समाजमा सकरात्मक सन्देश दिन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने ‘सत्यदीप’मा रबि गिरी, उमा बेबी, दीब्यश्वर गौतम, सबिना केसी, जीवन गिरी, श्याम केसीलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

प्रेम रोमान्स र एक्सनले भरिपुर्ण चलचित्रले भ्रष्टहरूलाई समाजबाट बहिस्कार गर्न युवाहरुले आवाज बुलन्द पार्नु पार्ने कथा उठाएको छ ।
उपत्यकाको आसपासमा दृश्य समेटिएको चलचित्रमा शम्भु सापकोटाको छायाँकन, कमल राइको नृत्य र अष्ट महर्जनको द्वन्द्व छ ।

चलचित्रमा अर्जुन पोखरेलका संगीतकमा निकै कणप्रिय गीतहरु समेटिएका छन् ।