१ कार्तिक २०८३, आइतबार

आप्रवासीको डुङ्गा पल्टिदाँ तीसको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

कायरो, ६ असोज । इजिप्टको उत्तरी तटीय क्षेत्रमा आप्रवासी सवार रहेका एक डुङ्गा दुर्घटना हुँदा त्यसमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३० पुगेको छ ।

अझै पनि उद्धारको प्रयास जारी रहेको मेना समाचार समितिले बुधबार जानकारी दिएको छ ।

इजिप्टको उत्तरी प्रान्त बेहैरानजिकै तटीय क्षेत्रमा करिब ६ सय व्यक्ति बोकेको सो डुङ्गा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

इजिप्टको सेख प्रान्तको कफ्रएल गाउँबाट इटालीतर्फ गैरकानुनी प्रवेशआज्ञा लिई बसाईसराईका लागि गइरहेका ती आप्रवासीको डुङ्गा दुर्घटना भएको थियो ।

सीमा सुरक्षा गार्डहरूले यस दुर्घटनामा परेका करिब १ सय व्यक्तिलाई उद्धार गरेका छन् ।

ती सीमा सुरक्षा गार्डहरूले तीस व्यक्तिको शवलाई निकालेको बताइएको छ ।

उद्धार गरी निकालिएका केही व्यक्तिलाई भने उपचारार्थ अस्पताल लगिएको छ । – सिन्ह्वा