काठमाडौ, १४ भदौ । सरकारले मुलक भरीको जिल्ला अस्पतालसम्मको सरकारी स्वास्थ्य निकायवाट ७० वटा औषधि निःशुल्क उपलब्ध गराउने भएको छ ।
मन्त्री परिषदको शुक्रवार वसेको वैठकले देश भरीका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य चौकी र जिल्ला अस्पतालवाट ७० प्रकारका औषधि निःशुल्क दिने निर्णय गरेको हो । यस अघि करिव ४० वटा औषधि निःशुल्क उपलब्ध हुदै आएको थियो ।
ुहामीले जीवन रक्षक औषधि सहित, नसर्ने रोगमा उपयोग गरिने औषधि समेत गरी हाल लाइ ७० प्रकारको औषधिहरु निःशुल्क उपलब्ध गराउने छौुं, स्वास्थ्य मन्त्री खगराज अधिकारीले भने, ‘अव मधुमेह, थाइराइड, यरिक एसिड, उच्च रक्तचाप, मानसिक रोग, लेक लाग्ने समस्या, मुटु रोग लगायतका औषधि पनि निःशुल्क उपलब्ध हुने छ ।’
उक्त निःशुल्क औषधि जिल्ला अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रमा आउने रोगीलाइ दिइने छ । हाल सम्म ४० वटा औषधि निःशुल्क दिदा वर्षेनी ४० देखी ५० करोड रुपिया खर्च हुने गरेको थियो ।
हाल दिन लागिएको औषधिमा जिल्ला अस्पताल स्तरको सवै जीवन रक्षक औषधि सहित समाजमा व्यापक रुपमा रहेको न सर्ने रोगको औषधिलाइ समेत समेटने प्रयास गरिएको प्राथमिक स्वास्थ्य सेवा पुर्नरजागरण महाशाखाका निर्देशक डा।रमेश कुमार खरेल बताउछन ।
स्वास्थ्यमा गत वर्ष भन्दा कम बजेट आए पनि मन्त्रालयले औषधीमा बढेको खर्चलाई प्रवन्धन गर्न सक्ने बताउदै स्वास्थ्य मन्त्रीले अंचल, उपक्षेत्रिय र केन्द्रिय अस्पतालमा समेत विपन्न इकाइ खडा गरेर निःशुल्क औषधिको व्यवस्था गर्ने योजना छिट्टै लागु गर्ने बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
ुहामीले निःशुल्क पठाउने औषधिको गुणस्तर उच्च राख्ने पहल थाल्ने छौुं, स्वास्थ्य मन्त्री अधिकारीले भने, ‘प्रधानमन्त्री शुशिल कोइरालाले समेत निःशुल्क वितरण गरिने औषधिको गुणस्तर वारे चासो राख्नु भएको छ ।’
मुलुकमा ७६ वटा जिल्ला अस्पताल छ । यस्तै देश भरीमा एक जना एमविविएस डाक्टर समेत रहने एक सय ९९ वटा प्राथमिक स्वासथ्य चौकी छ भने बरिष्ठ हेल्थ असिस्टेनट इन्जार्च हुने एक हजार चार सय ४७ वटा स्वास्थ्य चौकी छ ।













प्रतिक्रिया