टोकियो । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीलाई जापानमा भव्य स्वागत गरिएको छ ।
प्रवासी नेपाली मञ्च जापान टोकियो कमिटीको आयोजनामा नेकपा एमाले समर्थक तथा कार्यकताले विजयीदशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम प्रमुख अतिथिको रुपमा जापान आउनु भएका अध्यक्ष पहारीलाई ओएनएफ जापानका प्रतिनिधीहरुले हानेदा एयरपोर्टमा जम्मा भई खादा र फुलको गिफ्ट दिएर स्वागत गरेका हुन् ।
सेप्टेम्बर २२ तारिख बिहीवार साढे २ बजेदेखि टोकियोको जेआर कामतास्थित ओता कुरिचु सोहिमा सेकाचु सेन्टरमा कार्यक्रम हुने प्रवासी नेपाली मञ्च जापानले जानएको छ ।
चियापान समारोहमा सहभागी हुन युवा संघ नेपालका अध्यक्ष राजीव पहारी टोकियो आईपुग्ने वितिकै एनआरए जापानले पनि स्वागत गरेको थियो ।
प्रवासी नेपाली मञ्चका राजेन्द्र श्रेष्ठ, प्रलाहद महत, अशोक पुरी, बाबुराम भण्डारी, शालिकराम भण्डारी, सिदार्थ श्रेष्ठ, जिवन अर्याल, देवीलाल भण्डारी, बुद्धिराज घिमिरे लगायतका नेताहरु स्वागतको लागि एयरपोर्ट पुग्नु भएको थियो ।
















प्रतिक्रिया