वाशिंगटन डिसी । गत सेप्टेम्बर १७ तारिख अमेरिकाको एटलान्टामा अन्तर्राष्ट्रिय समुदायको पहलमा भब्य शरद ॠतु उत्सब मनाइएको छ ।
उक्त कार्यक्रममा बिभिन्न देशका आ–आफ्नो खानाको कटेरो, अस्थायी छाप्रो, देश झल्किने पोशाक, सामग्रीहरुको सजावट तथा प्रदर्शनी गरिएको थियो ।
सांस्कृतिक कार्यक्रमको प्रस्तुतिले उत्सबमा आएका सबै आगुन्तुकले भरिपूर्ण मनोरंजन र आनन्द लिएका थिए ।
अमेरिकन राष्ट्रिय गीतबाट सुरु भएको कार्यक्रममा सिंह नाच, बच्चाहरुको लागि ल्यानटर्न प्रतियोगिता,मार्सलआर्ट प्रदशनी ,गीत ,संगीत ,नृत्य लगायत बिबिध बिषय बस्तुहरुले उत्सव अझ रोचक बनाएको थियो ।
नेपालको प्रदर्शनी कक्षको सजावट गर्न अमेरिकाको लागि विश्व हिन्दु महासंघको अधक्ष्य किरण श्रेष्ठ तथा परिवार बिहानै देखि खटिएका थिए ।
कार्यक्रमको पहिलो चरणमा आ–आफ्नो देशको प्रतिनिधिहरुले मन्तब्य राख्ने क्रममा पर्यटन दुतराजा घलेले सबैको जीवन कालमा एकपल्ट नेपाल जानै पर्ने देश ू भनेर नेपालको परिचय तथा सौन्दर्यको बारेमा बोलेका थिए ।
साँस्कृतिक कार्यक्रममा नेपाली राष्ट्रिय गीत आँखैमा राख्छु मेरो देशको बोलमा बीनु गुरुङ (कुँवर),अन्जु गुरुङ र मन्जु गुरुंगले उत्कृस्ट नृत्य प्रस्तुत गरेर सम्पूर्ण दर्शक महानुभाबहरुलाई भरपुर मनोरंजन दिलाएका थिए ।
उनीहरु नेपालको गुनिउ तथा चोलोको पहिरनमा प्रस्तुत हुदा सबै समुदायले मनपराउनुको साथै निकै प्रसंसा गरेका थिए । कार्यक्रम ५ बजे बाट सुरु भै रातको ११।३० बजे सम्म चलेको थियो । उक्त उत्सवमा करिब तिन हजारले अबलोकन गरेका थिए ।
















प्रतिक्रिया