देशभन्दा ठूलो संविधान हुँदैन । नेपालको एकीकरण भएका बेलादेखि नै कुनै न कुनै नियम, कानून र संविधान अनुसार देश चलेको नैं थियो ।
यिनै कांग्रेस, कम्युनिष्टहरूले बनाएको २०४७ सालको संविधानले राम्ररी काम गर्दागर्दै त्यसबारेमा कुने टिक्काटिप्पणी वा संशोधनको कुनै कुरा नउठाई विदेशीहरूको भनाईमा लागेर देशलाई डुबाउन संविधानसभाबाट अर्को संविधान निर्माण गर्ने भन्नेहरू राष्ट्रद्रोही हुन् ।
नेपालको कसरी सिर्जना भयो, देशको स्थायित्व, शान्ति र एकताको ख्याल नगरी धर्मनिरपेक्ष घोषणा गर्नेहरू देशद्रोही हुन् । यसरी जबरजस्ती गरेर घोषणा गरेको संविधान कुनै हालतमा टिक्न सक्दैन ।
नेपालमा राजसंस्था र विश्वको एक मात्र हिन्दु अधिराज्य रहेको बेलामा कहाँ थियो यस्तो असुरक्षा, असंतोष, अभाव ? नेपालकै दलाल, देशद्रोही पार्टीका नेताहरूको कारणले २०६३ सालपछि नेपालमा विदेशीहरूको यति चलखेल बढ्यो त्यसैको कारणले अहिले आएर नेपालको नामनिशाना नरहने अवस्था देखा परेकाले यिनीहरूलाई परास्त गरेर यो देश बचाउनु हामी सबैको कर्तव्य हुन आएको छ ।
पार्टीहरूभित्र देशभक्तहरू धेरै छन् । कांग्रेस, एमाले, माओवादी पार्टीका सुशील कोइराला, केपी ओली, प्रचण्ड यी तीनजनाले ह्वीप लगाएर सभासदहरूलाई थप्पडी लगाएर । यसरी ह्वीप लगाएर संविधान बनाउनु थियो भने किन चाहिएको थियो संविधानसभा ? संविधानसभा गठन गरेर पनि अल्पमतको कदर हुँदैन भने किन संविधानसभाको यो रोग देशमा भित्रयाइयो ?
कुनै पनि परिवर्तन र आन्दोलनले कुनै न कुनै प्रकारको दृष्टिकोण बोकेको हुन्छ । सबै दृष्टिकोणको लक्ष्य हुन्छ आफ्नो राष्ट्रको स्वाधीनता जोगाएर समृद्ध बनाउने । तर कुनै आन्दोलन र परिवर्तनमा विदेशीको हात पर्नगयो भने त्यो आन्दोलन राष्ट्रको हितको बिपरित हुन्छ ।
अहिले नेपालमा यही भयो । त्यसैले नेपाललाई इसाईकरण गरेर विश्वको एक मात्र हिन्दुअधिराज्य समाप्त गरेर नेपालमा गृहयुद्ध निम्त्याउने जुन अपराध गरिएको छ हामी त्यसको भ्रत्र्सना गर्दै देश बचाउन संवैधानिक राजसंस्था र हिन्दुअधिराज्यलाई यथावत राख्न संघर्षरत भइरहने छौं ।















प्रतिक्रिया