३० आश्विन २०८३, शुक्रबार

गगनलाई माया गर्ने एमालेको पत्रः अब गनगन होइन्, बोलेको पूरा गर्ने गगन थापा चाहिएको छ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gagan Thapa

माननीय स्वास्थ्य मन्त्री गगन थापाज्यू,

सर्वप्रथम म तपाईंलाई बधाई दिन चाहन्छु, नेपाल सरकारको स्वास्थ्य मन्त्रीको जिम्मा पाउनुभएकोमा । र, दिन चाहन्छु सफल कार्यकालको हार्दिक शुभकामना ।

हाम्रो देश नेपालमा लोकतन्त्र र गणतन्त्रको झण्डा उदाएको करिब एक दर्शक भयो । यो एक दर्शकको अन्तरालमा ७ ओटा सरकार गठन भए, ७ नेता देशका प्रधानमन्त्री भए, करिब ३५० भन्दा वढी मन्त्री, सहायक मन्त्री र राज्य मन्त्री भए । गणतन्त्र पछाडि ७ जनाले देशको बागडोर समालिसके । नेपाली जनताको बीचमा गएर परिवर्तका क्रन्तिकारी भाषण पनि गरिसके । अहँ तर नेपाल र नेपालीका दुःखका दर्दनाक कथा बदलिएनन् ।

माननीय स्वास्थ्य मन्त्रीज्यू,

तपाईं गणतन्त्र नेपालको आठौं सरकारको सपथ खाएर मन्त्रालयको कुर्चीमा बसिसक्नु भएको छ । यो सरकारको नेतृत्व माओवादी केन्द«का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । प्रचण्डको सरकारको मन्त्री भएर अव सिंहदरवारको मन्त्रालयको कुर्चीमा बसेर हेर्नुस्– नेपाल लाई नेपाल कहाँ छ, नेपाली कहाँ छन्, समृद्ध र परिवर्तन भन्ने नारा कति फैलिएर कार्यन्वयन भएको छ ।

तपाईंलाई आज बाध्य भएर खुल्ला पत्र लेख्दैछु, नेपालको भ्रष्टचार, कमिशनखोरी माफियाकरण, नातावाद, कृपावाद, चाकडीवाद र अस्थिरताले स्थायी रुप लिइसकेको छ । अराजक र अस्थिरताले विकराल रुप लिएको छ । अब भन्नुस्, लोकतन्त्रको एक दर्शकको उपहार यही हो त !

म एमाले र अखिलको कार्यकर्ता भएतापनि राम्रो र परिवर्तनशिल मान्छेको सम्मान गर्नु सबैको कर्तव्य र दायित्व हो । तपाईंको राजनीति नेतृत्व पछिल्लो पुस्ताको वा नौजवान युवाको नेतृत्व हो । तपाईं काँग्रेसभित्र मात्र नभएर अन्य पार्टी र नेपाली जनतामाझ लोकप्रिय हुनुहुन्छ । तपाईं लोकप्रिय भएको काँग्रेसको इतिहासले होइन, काँग्रेसको राजनीतिले पनि होइन् । तपाईँको काम गर्ने तरिका, सोच, विचार, काम, संघर्षहरु र तपाईं भित्रका क्षमता अनि ताकतले मात्र हो ।

तपाई नेपालको एक सच्चा र स–सक्त युवा हो । यो मलाई मात्र होइन्, म जस्ता लाखौं युवालाई थाहा छ, तपाईंका हरेक परिवर्तनशिल भाषण, समृद्धशील वाक्यांशहरु र विकासशील विचार अध्ययन गर्ने म पनि एउटा तपाईंको धावक हुँ । मलाई धेरै थाहा छैन, यति थाहा छ कि– गगन थापा एक परिवर्तनशिल युवा नेता हो, जसको आँखामा समृद्ध नेपाल घुमेको छ । जसले नेपाल र नेपाली बनाउने सपना साँचेको छ । हुनसक्छ, गगन थापाले कतै अराजक र देशलाई घाटा हुने काम गरेका हुन सक्छन्, त्यो पछि इतिहासले बताउला, म त्यतातिर धेरै गइन ।

आज हामी विकासशिल देशको तुलनामा धेरैपछि छौँ । देशमा जति नयाँ सरकारको उदय हुन्छ, त्यतिनै देश अन्यौल्ताको कालो बादलमा मडारिरहेको छ । संसद भवनको विकासशील बजेटको अन्तरवस्तुमा रहेर एकचोटि कर्णाली अञ्चललाई हेर्नुस्, मध्य र सुदूरका पहाडी बस्तीलाई हेर्नुस् । र, अन्य विकट ठाउँलाई पनि हेर्नुस्, नेपाल कहाँ छ, नेपाली कहाँ छन्, थाहा हुन्छ ।

संसदको रोस्टममा उभिएर सिंगापुर, जापान, चाइना र अमेरिकाका भाषण हुन्छन् । काम हेर्दा सिँचाई गर्ने कुलो बन्दैन । संसद भवनको रोस्टमका लालची भाषण र जनता माझका क्रन्तिकारी भाषणहरु धेरै भए नेपालमा । तर परिवर्तन भएन ।

मन्त्रीज्यू,

आज लाखौँ दक्ष जनशक्ति विदेश पलायन भएका छन्, नेपाल बनाउने नेपाली वीरले आज साउदी, मलेसिया बनाएका छन्, कुवेत र कोरिया बनाएका छन् । खाडी मुलुक बनाएका छन् । बनाएका छन् अन्य देशहरु । अब हामीलाई जवाफ दिनुस् मन्त्री गगन थापाज्यू– नेपाल कस्ले बनाउछँ ? विदेशका अनेक खालका यातनापूर्ण र विभत्सपूर्ण कामले अनेक सपना बोकेर विदेश गएका नेपाली विदेशमै लाश भएका छन् । रगत, पसिना, प्राण, मेहनत, परिश्रम सबै विदेशको माटोमा बाँकी भौतिक लास नेपालमा नेपाल आमाले र नेपाली माटोले गिजाइरहेको छ देश चलाउने शासकहरुलाई ।

ajay-sodari-dhangadi
– अजय सोराडी, धनगढी

तपाईंलाई थाहा छ, जनताको जीवनस्तर र नेताको जीवनस्तर कति आकाश पातालको फरक छ । जनता खाना र लाउन नपाएर विदेशको मरुभुमिमा भेडा चराइरहेका छन् । ५० डिग्रीको घाममा १२ र १६ घण्टाका कष्टपूर्ण डिउटी गरिरहेका छन् । यता नेता भने काठमाडौंका महंगा महलमा बसिरहेका छन्, करोडको कारमा गुडिरहेका छन् । तिनका छोराछोरी विदेशका महंगा कलेज धाइरहेका छन्, अनि तपाईं समाजवाद र साम्यावादका भाषण छोड्नु हुन्न ।

हाम्रो समाज कति बर्बादीको खाडलमा छ । हाम्रो समाजमा जातीय समस्या छ, वर्गीय समस्या छ, भाषिक समस्या छ, लैङ्गीक समस्या छ, हामी अजै पुरातन सोचमै छौँ । छुवाछुत प्रथा, दाइजो प्रथा, भरुवा प्रथा, बोक्सी प्रथाले हाम्रो समाज कालान्तरमै छ । अनि नेताहरु भाषण गर्छन् पूर्र्वीय सभ्यताका सबैले परिवतनकै खोक्रा भाषण गर्छन्, आफू परिवर्तन हौँ र परिवर्तनको उदाहरण पेश गरौँ कसैले भन्दैनन् । सँधै अरुलाई परिवर्तन गराउन खोज्छन् । आफू परिवर्तन हौऔँ भनेर कहिल्यै भन्दैनन् ।

केही देश १० वर्ष माओवादी आन्दोलनले खायो, केही देश १० वर्षे लोकतान्त्रिक सरकारले मास्दैछ । अझै त्यो चेस्टामा परिवर्तन आएको छैन । हामीले २००७ साल देखि २०७२ सालसम्म राजनैतिक आन्दोलन नै लड्यौँ । ७० बर्ष लामो संघर्षको परिणाम संविधान जारी भयो । अझै पनि समृद्धिका निर्माणहरु देख्न पाइइको छैन् । अनेक चुनौतिका पहाडमा तपाईँ मन्त्री हुनु भएको छ ।

माननीय मन्त्री थापाज्यू,

मलाई काँग्रेस र त्यसका अन्य नेताहरु किन्चित मात्रामा पनि मन पर्दैनन् । म कम्युनिष्ट पार्टीको सदस्य हुँ । नेकपा एमाले र अनेरास्ववियूको सच्चा सिपाईं हुँ । तर व्यक्तिगत रुपमा तपाईंका विचार र सोचहरुलाई धेरै मन पराउछुँ । त्यही भएर म अहिलेसम्मकै मन्त्री मध्येमा म तपाईंलाई पहिलो खुल्लापत्र लेख्दै छु । म एमाले र अखिलको कार्यकर्ता भएतापनि राम्रो र परिवर्तनशिल मान्छेको सम्मान गर्नु सबैको कर्तव्य र दायित्व हो । तपाईंको राजनीति नेतृत्व पछिल्लो पुस्ताको वा नौजवान युवाको नेतृत्व हो । तपाईं काँग्रेसभित्र मात्र नभएर अन्य पार्टी र नेपाली जनतामाझ लोकप्रिय हुनुहुन्छ । तपाईं लोकप्रिय भएको काँग्रेसको इतिहासले होइन, काँग्रेसको राजनीतिले पनि होइन् । तपाईँको काम गर्ने तरिका, सोच, विचार, काम, संघर्षहरु र तपाईं भित्रका क्षमता अनि ताकतले मात्र हो ।

तपाईं अहिले स्वास्थ्य मन्त्री हुनुभएको छ । प्रधानमन्त्री र अन्य मन्त्रीभन्दा तपाईंको अपेक्षा र विश्वास आम नेपालीले गरेका छन्, तपार्इं नेपाली युवा जगतको एक अपेक्षा र आशा पनि हो । तपाईंले मन्त्रीको सपथ लिएसंगै भनि सक्नुभएको छ कि म असफल भए युवापुस्ताको नेतृत्वप्रति नै अविश्वास पैदा हुन्छ भनेर । तपाईंको त्यो विश्वास भनेको एउटा पुस्ताप्रतिको विश्वास हो ।

स्वास्थ्य मन्त्रालय प्रविधिक मन्त्रालय हो, जहाँ विभिन्न चुनौतिपूर्ण समस्या छन् । स्वास्थ्य मन्त्रालय जनताको जीवनसँग प्रत्यक्ष जोडिएको मन्त्रालय हो । स्वास्थ्यमा माफियाकरण छ, भ्रष्टचारीकरण छ, कमिशन खोरी छ त्यसलाई तोडन सक्नुपर्छ । बिभिन्न मेडिकल कलेजहरु मान्छे मार्ने भट्टी जस्ता भएका छन् । उपचार गर्न गएका सेवाग्राही कमजोर उपचारका कारण अस्पतालमै मर्ने गरेका छन् । जीवन र मृत्युको दोसाँधमा नेपालको स्वास्थ्य क्षेत्र छ । सरकारी लगानी भएका वीर अस्पताल र शिक्षण अस्पताल प्राविधिक उपचारका सन्दर्भमा कमजोर छन् । स्वास्थ्य क्षेत्रमा काम गर्ने डाक्टरहरु माफियाकरणको जालोमा छन् । उनीहरु सरकारी सेवालाई भन्दा आफ्नो व्यक्तिगत क्लिनिकलाई बढी केन्द्रीत गर्छन् । कयौँ सरकारी दरबन्दी खाली छन् । कोही विकट ठाउँ भन्दै आफ्नो कार्य स्थलमा नै जाँदैनन्, कतिपय सरकारी अस्पतालहरु अस्तव्यस्त छन् ।

तपाईंलाई थाहा छ– जाजरकोट, दैलेख, कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा जस्ता ठाउँमा सिटामोल नपाएर जनताले ज्यानलाई मृत्युको घाटमा पुगाएका छन् । सुरक्षित गर्भपतन सेवा नभएर सुत्केरी महिलाले अकालमै ज्यान गुमाएका छन्, कुनै गाउँबस्तीमा हैजा र महामारी आयो भने ५० जना नमरेसम्म सरकारी सुनुवाई हँुदैन । अझै जनताहरु धामी झाँक्रीहरुमा धाउन छाडेका छैनन् । यो रुढीवादी सोचलाई पनि मुक्तरुप दिन सकेको छैन् सरकारी निकायले ।

मन्त्री गगन थापाज्यू, कुनै ठाउँमा जग्गा छ, भौतिक संरचना छैन । कुनै ठाउँमा भौतिक संरचना छ तर प्राप्त सुविधा छैन, जुन ठाउँमा डाकटर छन्, त्यो ठाउँमा औषधी छैन । अनि प्रविधिक उपकरण पनि छैन । यस्तो लाचारी छ स्वास्थ्य क्षेत्र । पछिल्लो समय पैसा कमाउने व्यवसाय भएको छ । नक्कली सर्टिफिकेट बोकेर सरकारी जागिर खाइरहेका छन् । नक्कली लाइसेन्स बनाएर अनेक खालका क्लिनिकहरु चलाइरहेका छन् । कर्मचारीहरुको सरुवा बढुवा व्यापारकै आधारमा हुने गरेका छ । योग्य र सक्षम डाकटरले काम गर्न पाएका छैनन्, त्यसैले अब सुधार र परिवर्तन गर्नुपर्छ तपाईंले ।

फेरि कुरा नेताकै । यता जनता औषधिको सिटामोल नपाएर छटपटाइरहेका छन्, उपचार नपाएर जिन्दगीको आयु घटाइरहेका छन् । उता नेता भने सामान्य ज्वरो र रुघाखोकीको उपचार गर्न सिंगापुर, अमेरिका, जापान, अस्टे«लिया र अन्य विकसित देशमा धाइरहेका छन् । यो विडम्वना होइन् ?

थापाज्यू, अब भाषण गर्ने समयले तपाईंलाई पच्छाइ सक्यो । अब तपाईं काम गर्ने समयको रंगमञ्चमा आइसक्नु भयो । यो अवसरलाई कार्यान्वयनमा बदल्नुहोस् । जसले सबैको मुखारविन्दूमा गनगन होइन्, गगन गगन होस । होइन भने आज तपाईंलाई सहानुभुतिको पत्र लेख्ने म युवक तपाईंको विरोध र आलोचनाको पत्र लेख्न बाध्य नहुँ र त्यो दिन पनि नआओस् ।