२९ कार्तिक २०८३, आइतबार

साउदीमा ४६ जना नेपाली युवा अलपत्र (नामसहित)

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saudi-photo– सलिम अन्सारी

प्युठान, ४ असोज । साउदी अरबमा ४६ जना नेपाली कामदार अलपत्र परेका छन् ।

नेपालबाट पैसा कमाउने सपना बोकेर बिदेशिएका ती युवा साउदी अरबस्थित सनैया अलकासिममा अलपत्र परेका हुन् ।

५ महिनाअघि साउदीअरबको अलकासिमस्थित अलदोहिन सुलेमान कम्पनीमा आएका ४६ जना कामदार बिचल्लिमा परेका हुन् । काम नपाएर आफूहरु त्यतिकै बस्नुपरेको र अहिलेसम्म तलब समेत नपाएको उनीहरुले गुनासो गरेका छन् ।

उदयपुर गाइघाट निबासी ओमराज कार्किले कम्पनीले आफूहरुलाई आएकै दिनदेखि काम नदिएको बताए । ‘न काम न तलब’ कार्किले भने– ‘कम्पनीले हामीलार्इ खाना समेत नदिएर राखेको छ ।’

कम्पनीले बस्न दिए पनि खाना नदिएको उनले फोनमार्फत जानकारी दिए । ‘हामीलार्इ कि काम देउ कि नेपाल फर्कन देउ भनेर कम्पनी समक्ष आग्रह गर्दा उस्ले जहिल्यै काम दिन्छौं भनेर टार्ने गरेको उनले सुनाए । ‘यतिका महिना बित्यो काम दिइएको छैन,’ पीडित कार्कीले भने ।

काठमाडौंस्थित सामाखुसी चोकमा रहेको गल्फ म्यानेजमेण्ट म्यानपावर कम्पनीलार्इ जनही ८५ हजार देखि १ लाख रुपैयांका दरले रकम बुझाएर गत बैशाख २३ गते उनीहरु साउदी गएका थिए ।

साउदीमा अलपत्र परेका पीडित नेपालीहरु संचार सुबिधाबाट समेत बन्चित भएका छन् । उनीहरुलार्इ फोन नेट चलाउन समेत नदिएको र मुस्किलले सम्पर्क गरेको भन्दै उद्धारका लागि पहल गरिदिन समेत आग्रह गरे ।

४६ जनाको साथमा एउटा मात्र मोबाइल ०५९२९७८०११ चालू रहेको उनीहरुले बताए । पीडित मजदुरहरुलार्इ केही नेपाली साथीभार्इ र आसपासका मस्जिदले खानपिनको ब्यबस्था गर्दै आएको साउदीमा कार्यरत न्यानो नेपालका सद्स्य मिनराज भण्डारीले जानकारी दिए । ‘उनीहरुको अबस्था दयनीय छ, उद्धारमा छिटो सरकारको ध्यान पुगोस,’ उनले भने ।

अलपत्र मजदुरहरुले रियादस्थित नेपाली राजदूतावासमा पनि जानकारी गराएको तर पीडितहरुको उद्धारमा आजसम्म दूताबासले चासो नदिएको गुनासो गरे।

पीडित नेपाली कामदारहरुले नेपाली दूताबास, समबन्धित निकाय र विभिन्न संघ संस्थालार्इ खानबस्नका लागि मात्र भएपनि ब्यबस्था गरिदिन र उद्धारका लागि नेपाल सरकारसम्म खबर पुर्याइदिन आग्रह गरे ।

अलपत्र नेपालीहरुको नामावली:

१. ओम राज कार्की pp.08686166 उदयपुर

२. मान बहादुर परियार pp.06054409 तनहुँ
३. कनक राउत pp.06803713 उदयपुर
,४. गङ्गा बहादुर बिस्वाकर्मा pp.09541079 झापा

५. भबिन कार्की pp.09268633 उदयपुर
६. केदार कुमार कार्की pp.09281122 उदयपुर

७. पन्चु बुढा pp.07802870 रौतहट
८. मान बहादुर राउत pp.09569401 दाङ
९. खुसीलाल कुमार ठाकुर pp.05552204 सिन्धुली

१०. मित्रलाल बुढाथोकी pp.09569346 दाङ्ग
११. दिपेन्द्र कुमार यादब pp.07043133 सप्तरी
१२. सुकराम पाखृङ्ग pp.08527631 मकवानपुर

१३. बिजय पाखृङ्ग pp.09478963 रौतहट

१४. दिपक तामाङ pp.08665535 धादिङ
१५. मान वीर बोहरा pp.06129992 सल्यान
१६. श्री कुमार राई pp.09470240 खोटाङ
१७. सरोज तामाङ pp.09551750 सिन्धुपाल्चोक
१८. कसलिन्द्र राम pp.07302923 रौतहट
१९. दिल बहादुर गुरुङ pp.09411694 तनहुँ
२०. रोसन मन्डल pp.09051451 महोत्तरी

२१. कमल क्षेत्री pp.06211212 कास्की
२२. सुर्यलाल चौधरी pp.06763891 दाङ
२३. सन्तोष पौडेल pp.09478173 दाङ
२४. रम डि गलाब pp.07935770 सिराहा
२५. पुनम अधिकारि pp.09236706 संखुवासभा

२६. शिव राज सुवेदी pp.08270314 संखुवासभा

२७. डम्बर बहादुर बस्नेत pp.09119041 उदयपुर
२८. मनोज आचार्य pp.08577535 उदयपुर

२९. सुनिल तामाङ pp.05788662 उदयपुर

३०. येज्ञ बहादुर तामाङ pp.08)983132 उदयपुर
३१. मनोज कार्की pp.06183672 उदयपुर

३२. सुर्य कुमार मगर pp.09315548 उदयपुर

३३. सन्जय परियार pp.09157455 स्याङ्जा

३४. राजेस बुढाथोकी pp.08233934 उदयपुर
३५. केसब कुमार बस्नेत pp.05761729 उदयपुर

३६. बिकास तामाङ pp.05801615 काभ्रेपलान्चोक

३७. चित्र बहादुर तामाङ pp.09146744 ” ”
३८. शिव लाल लोहार pp.062252533 बैतडी
३९. गणेश लोहार pp.01250282 बैतडी
४०. करन सिंह जागरि pp.09203281 बैतडी
४१. कान्छा तामाङ pp.09551756 सिन्धुपाल्चोक
४२. रेहित धामी pp.09203077 सिन्धुली
४३. सुरेस चौधरी pp.08527253 सिराहा
४४. राम ध्यान पास्वान pp.05476265 रौतहट
४५. किडो पार्की pp.08991281 बैतडी
४६. पुस्ट बहादुर लुङ्गेली pp.06825256