१ कार्तिक २०८३, आइतबार

भारतसँग भिड्न तयार छौंः पाकिस्तान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rahel-sarif-pakistan

काठमाडौं, ४ असोज । पाकिस्तानी सेना प्रमुख जनरल राहील शरिफले पाकिस्तानी सेना बाह्य र आन्तरिक दुबै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् ।

पाकिस्तानी सेनाको जनसम्पर्क विभागले जारी गरेको वक्तब्यमा केन्द्रिय कमान्डरको बैठकमा देशमा देखिएको आन्तरिक तथा बाह्य खतराको समिक्षा गरिएको बताइएको छ ।

पाकिस्तानी सेनाको जनसम्पर्क विभागको तर्फबाट जारी वक्तब्यमा कश्मिरमा १८ जना सैनिक मारिने गरी भएको चरमपन्थी हमलापछि भारतले आक्रमणको धम्की दिइरहेका बेला पाकिस्तानी सेना प्रमुखले आफूहरु तयार रहेको सन्देश सार्वजनिक गरेका हुन् ।

केन्द्रिय कमान्डरको बैठक भारत प्रशासित कश्मिरको उरीमा सेनाको बेस क्याम्पमा आतंककारी आक्रमणको एक दिन पश्चात बसेको हो । यो आक्रमणमा १८ भारतीय सैनिक मारिएका थिए ।

आइतबार बिहान उत्तरी कश्मिरमा भारत–पाकिस्तान सीमा नजिक उरीमा भारतीय सुरक्षाबल र आतंककारीबीच पाँच घण्टासम्म दोहोरो भीडन्त भएको थियो ।

भारतको धम्कीसहितको बयानमाथि बोल्दै जनरल शरीफले भने- ‘हामीले यो क्षेत्रमा ताजा घटना र त्यसले पाकिस्तानको सुरक्षामाथि प्रभावबारे नजर राखेका छौ ।’

भारतीय सेनाले सोमबार मारिएका चार आतंकारीको सम्बन्ध जैश-ए-मोहम्मदसंग भएको बताएको थियो । केही आतंककारीसंग पाकिस्तान लेखिएका पर्चा समेत भेटिएको जनाएको थियो ।

उरी आक्रमण पश्चात भारतीय गृहमन्त्री राजनाथ सिंहले एक बयान जारी गर्दै ‘पाकिस्तान एक आतंकवादी राज्य’ भएको बताएका थिए । उनले भनेका थिए- ‘पाकिस्तान एक आतंकवादी राज्य हो । उसकी पहिचान एक आतंकवादी मुलुकका रुपमा गरिनुपर्छ । र, उसलाई विश्वबाट अलग गर्नुपर्ने जरुरी छ ।’