काठमाडौं, ४ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) निकट मानिने अखिल क्रान्तिकारीले राजधानीका विद्यालय अगाडि भएका बम विष्फोट र शंकास्पद बस्तु राखेकोमा चारैतिरबाट आफूमाथि आशंका गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले आइतबार बिहान वक्तव्य जारी गरेर यस्ता अबाञ्छित गरेर अभिभावकलाई आतंकित तुल्याउने आफूहरूको कुनै योजना नरहेको जनाएका छन् । उनले आफ्नो संगठनलाई कुनै पनि आशंका नगर्न भनेका छन् ।
‘आज उपत्यकाको विभिन्न स्थान(स्कुल)मा विद्यार्थी, शिक्षक र अभिभावकलाई आतंककित तुल्याउने गरी बिस्फोटक राखेर हाम्रो सङ्ठनलाई आसङ्का गरिएको कुराप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, अध्यक्ष सिंहले वक्तव्यमा भनेका छन्, ‘यस्ता अबाञ्छित कार्य र गतिविधि गर्ने हाम्रो सङ्गठको नीति, योजना र कार्यक्रम नभएको पनि यसै बक्तब्यद्वारा आम जनसमुदाय र विद्यार्थीलाई जानकारी गर्दछौं ।’
राजधानीका विभिन्न स्थानमा रहेका विद्यालयमा बम राखेको समाचारसँग ‘विप्लव’ माओवादी निकटको विद्यार्थी संगठनमाथि आशंका उठिरहेका बेला अध्यक्ष सिंहले त्यसको खण्डन गरेका हुन् ।











प्रतिक्रिया