१ कार्तिक २०८३, शनिबार

मेरिल्याण्डमा चालक अनुमति पत्र लिन नेपाली भाषामा परीक्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

motor-2– विजय थापा

वाशिंगटन डिसी, ४ असोज । आगामी अक्टोबर १ तारिखदेखि अमेरिकाको मेरिल्याण्ड राज्यमा सवारी चालक अनुमति पत्र लिन चाहने नेपालीले लिखित परीक्षा नेपाली भाषामा नै दिन पाउने भएका छन् ।

उक्त जानकारी गत सेप्टेम्वर १८ तारिकका दिन गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाले बाल्टिमोरमा आयोजना गरेको एक विशेष कार्यक्रममा मेरिल्याण्ड एमभीए (मोटरभेहिकल एड्मिनिसट्रेसन)का प्रमुख प्रशासकीय अधिकृत क्रिस्टिन नाइजरले जानकारी गराइन ।

यसको साथै उनले नेपाली भाषामा लेखिएको निर्देशन पुस्तिका समारोहमा हस्तान्तरण गरिन ।

उक्त कार्यक्रममा नेपाली भाषामा लिखित परीक्षा दिन पाउने व्यवस्थाको लागि विशेष योगदान दिए वापत उनीहरुलाई नेपाली टोपी, खादाको साथै प्रशंसाद्वारा विशेष सम्मान गरिएको थियो ।

मातृभाषा नेपालीमा सवारी चालक अनुमति पत्रको जॉचदिन पाउनको लागि निर्देशन पुस्तिका समेत प्रकाशित भै सकेको जानकारी दिइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत क्रिस्टिन नाइजरले आफू उपस्थित नभए पनि शुभकामना तथा बधाई सन्देश दिनु हुने मेरिल्याण्डका गभर्नर ल्यारी होगनले ‘हामी नेपाली समुदायसंग अझ काम गर्न चाहन्छौ’ भनि क्रिस्टिनले पढेर सुनाएकी थिइन् ।

उनले नेपालीहरुका लागि राम्रो कुराभन्दै सवारी साधन सुरक्षित कुदाउन आग्रह गरिन ।

यसैगरी अध्यक्ष जेदु पोख्रेलले मेरिल्याण्ड गभर्नर, क्रिस्टिन नाइजर, मेरिल्याण्ड एमभीए परिवारलाई बिशेष आभार प्रकट गरे ।

मेरिल्याण्डमा अन्य भाषाहरुमा दिने व्यवस्था भए पनि नेपाली भाषामा लिखित परीण्क्षमा सहभागी हुन पाउने अमेरिकाभरि यो पहिलो राज्य बन्न सफल भएको छ ।

प्रत्यक्ष वा परोक्षरुपमा सबैको साथ र सहयोग रहेको कुरा शाखाका उपाध्यक्ष विनोद उप्रेतीले कार्यक्रममा बताए ।

कार्यक्रममा डिसी महानगर क्षेत्रका केही बिशेष व्यक्तिहरुले मन्तब्य राखेका थिए ।