काठमाडौं, ३ असोज । कश्मिरमा एक चोटी फेरि दंगा मच्चिएको छ ।
उर्रिमा सेनाको मुख्यालयमा भएको आक्रमणमा परि १७ जना भारतीय सैनिकले ज्यान गुमाएपछि भारतले त्यस घटनाको आरोप पाकिस्तानको टाउकोमा थुपारेको छ ।
उक्त आक्रमणको कडा जवाफ दिन भारतमा निकै मागहरु उठिरहेका छन् । केहि कदम उठाएपछि पाकिस्तानको नक्सा नै हराउने सम्मको घम्की दिइरहेका छन् ।
आखिर के हो त्यो कदम ?
भारतीय सञ्चारमाध्यमका अनुसार प्रत्येक पटककोे जस्तै यो पटक पनि कश्मिरमा आक्रमण हुँदा पाकिस्तानको टाउकोमा दोष थुपारेको छ र यत्तिसम्म पनि भनिएको छ भारतीय सेनालाई आक्रमण गर्नेहरु पाकिस्तानमा तालिम गरेर आएका हुन् । उनीहरुसँग पाकिस्तानका हतियार पनि थिए ।
पाकिस्तानको यो आक्रमणपछि भारतले पनि जवाफ दिने समय आएको र पूरै देशभरि पाकिस्तान विरुद्ध आक्रमण गर्न माग उठिरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
उर्रि जस्तो आक्रमण यो कुरा तर्फ संकेत गर्छ कि पाकिस्तानको जस्तो बोल्ने,अनि उसलाई उसको जस्तै जवाफ दिने मौका पाएपछि कश्मिरको समस्या हल हुनसक्ने भारतीय मिडियाहरु भन्छन् ।
जस्तालाई त्यस्तैको नितिबाट पाकिस्तानलाई तह लगाउन सकिन्छ ,र त्यहि सँसारको लागि एउटम सन्देश पनि हुन जान्छ ।
पाकिस्तान टुक्रिने आवस्थामा छ, पाकिस्तान, ब्लुचिस्तान र पीओके पछि सिन्धले पनि पाकिस्तानसँग स्वतन्त्रताको माग गरिरहेको छ । यस्तोमा भारतले पनि पाकिस्तानमा लगानी गरोस् र पाकिस्तानलाई यस्तै यस्तै आन्तरिक मामलामा अल्झेइराखोस् ।
अमेरिकाले पनि यो मान्छ कि मोदी अरु प्रधानमन्त्री जस्तो हुनहुन्न । भारतका लागि अमेरिकी राजदूत रोबर्ट ब्ल्याकबेलले पनि राजनीतिक बलमा मोदीले सैनिक प्रयोग गर्नसक्छन् भनेर भनेका छन् ।
यदि कही आतङ्ककारी आक्रमण भएपछि उसको तार पाकिस्तान को जमिन, पाकिस्तानको सेना र आइएसआइएससँग जोडिएको हुन्छ र मोदी सेनाको प्रयोग गर्नबाट पछि हट्नुहुन्न र भारतीय जनताको हितमा ध्यान दिने उनको तरिका छ । यदि चलिरहेको राजनितिक आवस्थ भन्दा फरक हुन्छ भने मोदीले सेना प्रयोग गर्न सक्छन् । भनेर अमेरिकी राजदूतले भनेका छन् ।
पाकिस्तानले गरेको हर्कत झल्किएको छ, उसले आफ्नो जमिनमा आतंककारी पाल्नाले एक दिन आफुले पनि अहिले कश्मिरमा देखिएको आवस्थाको सामना गनर्् पर्नेछ । भनेर पाकिस्तानको निकै आलोचना भएको छ ।
















प्रतिक्रिया