२९ कार्तिक २०८३, आइतबार

भारतसँग ‘राष्ट्रघाति’ सम्झौता गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajib-pahari

काठमाडौं, ३ असोज । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन् ।

रिपोर्टर्स क्लबमा सोमबार आयोजित साक्षात्कारमा उनले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा सम्झौता गरेको बुँदाहरु राष्ट्रघाति भएको भन्दै राजीनामा मागेका हुन् । उनले भारतमा गएर लम्पसार परि नेपाली जनताको स्वाभिमान गिराउन प्रधानमन्त्रीले गरेका सम्झौता गलत भएको बताए ।

उनले सुरक्षा परिषदमा भारतलाई सहयोग गर्ने भनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भारतलाई खेल्न दिने काम प्रचण्डबाट भएको बताए । गृहमन्त्रीले टिकापुर घटनाका दोषिलाई आम माफि दिने कुरा स्वीकार्य नहुने उनले स्पष्ट पारे ।

माओवादी लडाकु शिविरमा भएको अनियमितताको सन्दर्भमा ढिलै भएपनि युवासंघ नेपालले दर्ता गरेको निबेदन अनुरुप अख्तियार ले छानबिन थालेकोमा धन्यवाद दिँदै अध्यक्ष पहारीले निष्पक्ष जानकारीसहित छानबिनको माग गरे ।