काठमाडौं, ३ असोज । भारत प्रशासित कश्मिरमा भएको आतंकवादी आक्रमणमा आफ्ना १७ जना सैनिक मारिएपछि आक्रामक बनेको भारतीय सेनाले पाकिस्तानको सीमाभित्रै गएर आक्रमण गर्न आफ्नो सरकारसँग अनुमति मागेको छ ।
कश्मिरको उरीस्थित भारतीय सेनाको मुख्यालयमा आइतबार आतंकवादी आक्रमणमा परेर १७ जना भारतीय सेनाको ज्यान गएको थियो । त्यहि आक्रमणको प्रतिशोधस्वरुप भारतीय सेनाले कडा जवाफ दिन सरकारसँग अनुमति मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सुरक्षा बलले सीमापारि आक्रमण गर्न र पाकिस्तानको सीमाभित्र छिरेर कडा आक्रमण गर्नमा अनुमतिको लागि सरकारले बिचार गर्नुपर्ने धारणा राखेको छ ।
यो विषयलाई लिएर गृहमन्त्री राजनाथ सिंहले बैठक बोलाएका छन् । बैठकमा रक्षामन्त्री मनोहर पर्रिकर लगायत बीएसएफ र सीआरपीएफ का डीजी, गुप्तचर निकाय रअ, आईबी र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुख पनि उपस्थित थिए । यस बैठकले पाकिस्तानविरुद्ध एक कडा कारवाही गर्ने चर्चा गरिएको छ ।
















प्रतिक्रिया