काठमाडौं, ३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका विषयमा जानकारी गराउन आज संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाउनु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो दुई बजे बस्ने बैठकमा दाहालले आफ्नो भारत भ्रमणका विषयमा जानकारी गराउनु हुने बुझिएको छ । भारतसँग भएको सहमति र सम्झौताका विषयमा संसदमा रहेका दलहरूलाई जानकारी दिनुे परम्परा छ ।
बैठकमा संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा पनि छलफल हुने बुझिएको छ ।











प्रतिक्रिया