वाशिंगटन डिसी । नेवाः अर्गनाईजेसन अफ अमेरिकाको आयोजनामा छैठौ इन्द्र जात्रा (येन्या पुन्ही) गत सेप्टेम्बर १७ तारिख भव्यताको साथ सम्पन्न भएको छ ।
सन् २००१ मा डिसी महानगर क्षेत्रमा स्थापना भएको उक्त संस्थाले भाषा, संस्कृति, परम्परा, कलालाई प्रबर्धन तथा सम्बर्धन गर्दै आएको छ ।
कार्यक्रम म्यारिल्याण्डको राज्यको ब्ल्याक हिल्स क्षेत्रीय उद्यानमा सम्पन्न भएको छ भने नेवाः समुदायको परम्परागत भोज समय बजी द्वारा आएका सम्पूर्ण अतिथिहरुलाई खुवाईएको थियो ।
कार्यक्रममा प्रत्यक्ष नृत्य, आस्ता मात्रिका, गणेश, भैरब, कुमारीको नृत्य,पुलुकिसी तथा लाखे नृत्यहरु प्रस्तुत गरिएका थिए ।
काठमाडौँ उपत्यकाको झझल्को हुने गरी मनाईएको इन्द्र जात्रामा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।
नेवाः समुदायका पुरोहित बासव राजोपाध्यायले हरेक नृत्यहरुको अर्थ लगाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली दूताबासका आर्थिक सल्लाहकार कैलाशराज पोखरेल हुनु हुन्थ्यो । अध्यक्ष राम लाल श्रेष्ठले उपस्थित हुने सबैलाई धन्यवाद दिएका थिए ।
















प्रतिक्रिया