युएई । संयुक्त अरब इमिरेट्समा एकपछि अर्को गर्दै नेपाली ब्यबसायीहरु बढ्दै गई रहेका बेला यूएईको उत्तरी क्षेत्रमा रहेको पहाडी प्रान्त मानिने सुन्दर रमणीय स्थल फुजैराहमा अत्याधुनिक स्तरको सेवा र सुविधा भएको फाईभ स्टार अटोमेटिक लाँड्रीको गत १७ सेप्टेम्बर २०१६ शुक्रबार दिन विश्वकर्मा पूजाको अबसर पारेर विधिवत् उद्घाटन गरी सञ्चालन गरिएको छ ।
उद्घाटन समारोहका प्रमुख अतिथी गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईका कार्यबाहक अध्यक्ष रमेश श्रेष्ठ र फाईभ स्टार अटोमेटिक लाँड्रीका संचालक राज न्यौपानेले संयुक्त रुपमा रिबन काटेर विधिवत् उद्घाटन गरेका थिए ।
फाईभ स्टार अटोमेटिक लाँड्रीका संचालक राज न्यौपानेको सभापतित्वमा अघाडि बढेको सो उद्घाटन समारोहमा प्रमुख अतिथी एनआरएनए युएईका कार्यबाहक अध्यक्ष रमेश श्रेष्ठ हुन हुन्थ्यो ।
बिशेष अतिथीहरुमा पत्रकार तथा लुम्बिनी वल्फेयर सोसाइटीका अध्यक्ष गीतामणि पाण्डे र देउडा गायक तथा सुदूर पश्चिम सेवा समाज यूएईका महासचिब मानबहादुर केसी मुस्कान रहनु भएको थियो ।
त्यस्तै अन्य अतिथीहरुमा राज भण्डारी, ओम कुमारी खाण, चिरन न्यौपाने, हरि डुम्रे, कुल केसी, वीरेन्द्र खड्का, बिमल बिसी, हरि ढकाल, दीपक काफ्ले, सागर लुईटेल, अमित विश्वकर्मा रहनु भएको थियो ।
प्रमुख अतिथि रमेश श्रेष्ठले आफ्नो शुभकामना मन्तब्य दिदै नेपालीहरु रोजगारीमा मात्रै सीमित नरहेर यसरी ब्यापार ब्यवसायतिर पनि अग्रसर हुन थालेकाले खुशी ब्यक्त गर्दै आउँदा दिनमा राज न्यौपाने र देब न्यौपाने दुई भाई मिलेर शुरु गरेको ब्यवसायले सफलता पाओस् भनेर शुभकामना दिनुभयो ।
चैथराम सुपर मार्केटको पछाडि सञ्चालन भएको उच्च प्रविधियुक्त सो लाँड्री करिब एक लाख चालीस हजार धिराम (४० लाख ८५ हजार नेपाली) रुपैयाँको लागत लागेको लाँड्रीका संचालक न्यौपानेले बताउनु भयो ।
















प्रतिक्रिया