१ कार्तिक २०८३, शनिबार

कतारमा जलजला समाजको सांस्कृतिक कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jaljala-rolpa– कुमार अविरल पन्थी

कतार । ‘तपाईं हामी एक अर्कामा हुनुपर्छ सहकार्य, सहयोगी हातहरु आजको अपरिहार्य’ भन्ने मुल नाराका साथ कतारमा सकृय रहेको रोल्पा जलजला सेवा समाज दोहा कतारले भव्य रुपमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष बसन्त थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका कोषाध्यक्ष भेषराज पराजुली प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा जन प्रगतिशील मोर्चाका रमेश गिरी, जनसम्पर्क समिति कतारका प्रतिनिधि घनश्याम न्यौपाने, जन प्रगतिशील मञ्च कतार अध्यक्ष सनीकुमार ओली, प्युठान सेवा समाजका वरिष्ठ उपाध्यक्ष वलदेव राना, दाङ देउखुरी सेवा समाजका उपाध्यक्ष बसन्त राज पुरी, गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे, नेपाल मगर संघ कतार सचिव रबिन थापा मगर, अर्घाखाँची सेवा समाजका अध्यक्ष युवराज पाण्डे, कतार नेपाली एकता समाजका कमल आचार्य, बसन्त फिल्मस प्रा।लि।का प्रवन्ध निर्देशक ईश्वर काफ्ले, लमजुङ सेवा समाजका प्रतिनिधि कमला गुरुङ, गोरखा सेवा समाजका प्रतिनिधि पुरुषोत्तम लामिछाने, सुदूर पश्चिम सेवा समाजका उपाध्यक्ष लीला अधिकारी, कास्की आदर्श सेवा समाजका अध्यक्ष मनप्रसाद राना मगर बिशेष अतिथि रहेका थिए ।

बराह क्षेत्र संरक्षण समितिका अध्यक्ष बलाराम जैसी, रांक प्रवासी सेवा समाजका तुलबहादुर बिसी, जन प्रगतिशील सेवा समाजका प्रतिनिधि सूर्य कुमार खड्का, साझा नेटवर्क डटकमका प्रधान सम्पादक कुमार अविरल, उनुमुख गाउँ बिकास समिति कतारका पृथ्वी पुन मगर, रोल्पा तमु कोष समिति कतारका होम तमु, रोल्पा तल्लो गुम्चाल प्रवासी समाज समूह दोहा कतारका हीराबहादुर बिष्ट लगायत बिभिन्न संस्थाका प्रतिनिधि अतिथि रहेका थिए ।

कार्यक्रममा रोल्पाली तथा गैर रोल्पालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

विधिवत रुपमा उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान प्रस्तुत तथा वीर शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।

समाजका पूर्व महासचिव तथा बुद्धिजीवी एकराज सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रोल्पा जलजला सांगीतिक परिवारले स्वागत गीत प्रस्तुत गर्दै उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।

कार्यक्रमका अथिति कलाकार बलबिक्रम थापाले कुन्नी किन किन, छोडी जाने मायालाई भुल्नै सकिन, चोर बिरालो पल्क्यो जस्ता गीत गाए ।

तेस्तै क्षितिज किरण गैरेले राष्ट्र भावमा सजिएको अब त ढिलो हुन्छ कि साथी हो ? तथा फूल फुलेर पहेँलै भयो भन्ने बोलको गीत गाए । गायिका सुष्मा पुनले लाहुरे दाईले झुक्कायो मलाई बोलको गीत प्रस्तुत गरिन ।

गायक बिमल ढकालले स्याङ्जा सिरुबारी माझ कटेरी बोलको गीत प्रस्तुत गरे ।

तेस्तै अजय परियार, भगवती बस्याल, सन्दिप रानाभाटले नृत्य प्रस्तुत गरे । गुल्मेली माग्ने बुढाको नामले परिचित हास्य कलाकार सुरज बिसी तथा अक्लबहादुर जिम्बा र पूर्णिमा मगरले हास्यव्यंग्य प्रस्तुत गर्दै उपस्थित सबैलाई हसाएका थिए ।

गायिका कमला गुरुङ, जीवन बिसी, पूर्ण बिष्ट, जीवन खडका, दीपेन्द्र सुनार, रेगम जिसीलगायतका कलाकारले फरक फरक प्रस्तुतिले मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा सनीकुमार ओली, बसन्त राज पुरी, मनप्रसाद राना मगर, वलदेव राना, बुद्ध पाण्डे, युवराज पाण्डे, बलराम जैसी, सूर्यबहादुर बिक, लीला अधिकारी, कमल आचर्य लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भेषराज पराजुलीले रोल्पा जलजला सेवा समाजले दोहामा तथा जिल्लामा सकृय भूमिका निर्वाह गरी निकै नै सह्रानीय काम गरेको बताए ।

कार्यक्रमको समापन गर्दै सभापति बसन्त थापाले कार्यक्रमलाई सभ्य एवम भव्य रुपमा सम्पन्न बनाउनका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

कार्यक्रम समाजका महासचिव चोम बिष्ट र सांगीतिक विभागका महासचिव अज्ञात क्षत्रीको संयुक्त संचालनमा सम्पन्न भएको थियो ।