न्यूयोर्क, २ असोज । अमेरिकामा न्यूयोर्क शहरमा बम विष्फोट भएको छ । बम विष्फोट हुँदा २५ सर्वसाधारण घाइते भएका छन् ।
घाइते भएका सबै खतरामुक्त रहेको अमेरिकन प्रहरीले जनाएको छ । बिष्फोट एउटा डस्टबिनमा भएको थियो । बिष्फोट भएपछि थुप्रै घरका सिसा फुटेका छन् ।
म्यानहटनको ६ एभिन्यू र २३ स्ट्रीटमा भएको बिस्फोटमा परि २५ जना घाईते भएको जनाइएको छ । बिष्फोटको सूचना पाउनेवित्तिकै आपातकालीन सेवा घटनास्थलमा पुगेको रोयटर्सले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजमा बिष्फोट भएको थियो । न्यूयोर्क फायर डिपार्टमेन्टले बिष्फोट स्थानीय समयअनुसार राति नौ बजे भएको थियो । बिष्फोटसँगै घाइते भएकाहरूलाई तत्काल उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो ।
अमेरिकन पुलिसले बम विष्फोट के कारण कसले गराएको हो त्यसको अनुसन्धान सुरु गरेको जनाएको छ । यो बिष्फोट न्यू जर्सीमा एक पाइपमा बम बिष्फोट भएको केही घण्टामा भएको थियो । – रोयटर्स/बीबीसी

















प्रतिक्रिया