१ कार्तिक २०८३, शनिबार

अमेरिकन सोसाइटी अफ नेपालिज इन्जिनियर्सको सम्मेलन शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dsc_0262अमेरिका ।अमेरिकन सोसाइटी अफ नेपालिज इन्जिनियर्सको नवौं वार्षिक सम्मेलन हालै टेक्सासको ह्युस्टनमा शुरु भएको छ ।

सेप्टेम्बर १७ देखि १८ सम्म चल्ने उक्त सम्मेलनको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि अमेरिका स्थित नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन जीवन प्रकाश श्रेष्ठले कार्यक्रमको सफलताको शुभकामना दिनु भयो ।

त्यसै गरी सोसाइटीका अध्यक्ष तथा कार्यक्रम आयोजक समितिका अध्यक्ष जगन्नाथ घिमिरेले सोसाइटीको स्थापना काल देखि हाल सम्म योगदान दिनु हुने महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण कमिटीका सदश्यहरुलाई धन्यवाद दिनुभयो। अर्का वक्ताहरु टेक्निकल कमिटीका अध्यक्ष डा। रमेश बाबु मल्ल र सह(अध्यक्ष डा। रबिन भट्टराईले कार्यक्रमको खाका प्रस्तुत गर्नुभयो।

अर्का वक्ता तथा कम्प्युटर एसोसियसन अफ नेपाल, युएसए का अध्यक्ष सुरेश ओझाले उक्त एसोसियसनका गतिविधि माथि प्रकाश पार्दै कार्यक्रमको सफलताको कामना गर्नु भयो िभविष्यमा अमेरिकन सोसाइटी अफ नेपालीज इन्जिनियर्स संग सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।

आयोजक समितिका स्थानीय अध्यक्ष राजेन्द्र श्रेष्ठले आयोजक समितिका सम्पूर्ण सदश्य र अथितिहरुलाई स्वागत गर्नुभयो। अतिथि वक्ता तथा नेपाली एसोसिएसन अफ ह्युस्टनका अध्यक्ष ज्योति घिमिरेले जब जनता सम्बृद्ध हुन्छन, तब इन्जिनीयरको काम आउछ भन्दै, इन्जिनीयरहरु रोजगार हुनु भनेको जनता सम्बृद्ध हुनुको संकेत हो भन्नु भयो।

कार्यक्रममा युनिभर्सिटी अफ ह्युस्टनका प्रोफेसरहरु डा ओम प्रकाश ज्ञवाली, डा जेनिफर बर्देमान विन्टर तथा डा राकेश वर्माले की(नोट प्रस्तुति गर्नुभएको थियो।

उद्घाटन सत्रको अन्तमा, सोसाइटीका पुर्व अध्यक्ष डा राजेन्द्र श्रेष्ठ ,सोसाइटीका वर्तमान महासचिव ठाकुर ढकालले सम्पूर्ण अतिथि सहभागी, कार्यक्रमका प्रायोजकहरु, र कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो।

उक्त कार्यक्रमको वाकी समयमा विभिन्न व्यक्तिहरुले इन्जीनियरिंग, विज्ञान र टेक्नोलोजी सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गर्ने छन्। उक्त उद्घाटन सत्रको संचालन सोसाइटीको ह्युस्टन च्याप्टरका उपाध्यक्ष सुवास पौडेलले गर्नुभएको थियो।