न्यूयोर्क । नेपाल प्रहरीका एसएसपी सर्बेन्द्र खनाल अमेरिकन सरकारले दिने एक उच्च स्तरीय तालिमका लागि छनौट भएका छन् ।
आगामी मंगलबार अमेरिकामा आउन लागेका खनालले करिब ६ हप्तासम्म चल्ने अमेरिकन सरकारको उच्चस्तरीय एड्भान्स सेक्युरिटी कोअपे्रसन कोर्ष नामक तालिममा भाग लिने भएका हुन् ।
अमेरिकाको हवाई राज्यमा चल्ने उच्चस्तरीय तालिममा संसारका बिभिन्न देशका उच्च सुरक्षाकर्मीहरुको सहभागिता रहने जनाइएको छ ।
हाल महानगरीय प्रहरी प्रमुख रहेका खनाल प्रहरी सेवामा प्रवेश गरेदेखिनै उच्च क्षमता प्रर्दशन गर्दै आएको बताइन्छ ।
खनाल अपाराध महाशाखा प्रमुख भएपछि फुटबलको म्याच फिक्सींग, गुण्डाहरुको बिषेश अप्रेशन जस्ता कार्यले जनतामाझ उनको लोकप्रियता झनै चुलिएको छ ।















प्रतिक्रिया