काठमाडौं, १ असोज । भारतीय गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणसँगै नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको विश्वास व्यक्त गरेका छन् ।
नयाँदिल्लीमा शनिबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री सिंहले भने, ‘प्रधानमन्त्री प्रचण्डजीको यो भारत भ्रमणसँगै द्विपक्षीय सम्बन्ध नयाँ उचाईमा पुगेको छ, समझदारी बढेको छ ।’
नेपालको संविधान संशोधन गर्ने विषय नेपालको आन्तरिक मामिला भएको उनको तर्क थियो । संविधान कार्यान्वयन गरेर नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढेको हेर्न भारत आतुर रहेको मन्त्री सिंहको भनाइ छ ।
द्विपक्षीय सीमा सुरक्षा लगायतका विषयमा पनि आपसी समझदारीका साथ अघि बढ्नुपर्ने उनको विश्वास थियो । उनले आजै साँझ प्रधानमन्त्री प्रचण्डसँग भेट्ने कार्यक्रम रहेको छ ।











प्रतिक्रिया