१ कार्तिक २०८३, आइतबार

दक्षिण सुडानबाट करिब दश लाख मानिस द्वन्द्वका कारण विस्थापित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Image: A pedestrian walks on an unpaved road inअवेल (दक्षिण सुडान), १ असोज । दक्षिण सुडामा भइरहेको गृहयुद्धका कारण करिब १० लाख मानिस शरणार्थीका रुपमा विभिन्न मुलुकमा पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

सहायतासम्बन्धी दर्जनौँ सङ्घसंस्थाले दक्षिण सुडानमा आर्थिक तथा खाद्यान्न सहयोगका कार्यक्रम त्यहाँ पु¥याए पनि आफूहरुलाई सुरक्षाको अनुभूति नभएका कारण इथियोपिया, केन्या, सुडान, कङ्गो र मध्य अफ्रिकी गणतन्त्रमा पुगेका दक्षिण सुडाबाट शरणार्थीका रुपमा यी देश पुगेका सुडानी नागरिकले बताएका छन् ।

चरम गरिबीकाबीच पनि शरणार्थीहरुप्रति नरम भावना राख्दै शरणार्थीलाई अति आवश्यक पर्ने खाद्यान्न, बासलगायतका सुविधा प्रदान गर्ने तत्परता देखाउने अफ्रिकी मुलुकहरुलाई राष्ट्र सङ्घले प्रशंसा गर्दै कृतज्ञता ज्ञापन गरेको छ ।

दक्षिण सुडानबाट सबैभन्दा बढी शरणार्थी युगाण्डा पुगेका बताइएको छ । गत साता मात्र गुगाण्डामा करिब २० हजार दक्षिण सुडानी नागरिक पुगेका छन् ।

त्यसैगरी १६ लाख दक्षिण सुडानी द्वन्द्वका कारण नागरिक आन्तरिक रुपमा विस्थापित जीवन बिताइरहेका छन् अर्थात् १६ लाख मानिस स्वदेशभित्रै विभिन्न शिविरमा बसोबास गर्दै आएका राष्ट्र सङ्घले शुक्रबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

सन् २०१६ मा राष्ट्रपति साल्भाकीर र तत्कालीन उपराष्ट्रपति रेइक मसारबीच भएको सत्ता हत्याउने खेलका कारण लाखौँ नागरिक दक्षिण सुडानबाट बाहिरिएका हुन् । – एपी