१ कार्तिक २०८३, शनिबार

कांग्रेसको नेदरल्यान्डस जनसम्पर्क समिति अध्यक्षमा रामचन्द्रको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramchandra-kshetriनेदरल्यान्डस । नेपाली कांग्रेसको भातृसंगठन जनसम्पर्क समिति नेदरल्यान्डसको अधिवेशनको मिति नजिँकिदै जाँदा नयाँ नेतृत्वको लागि प्रतिस्पर्धा सूरु भएको छ ।

विभिन्न पदका लागि विभिन्न व्यक्तिहरुले आफनो नाम सार्वजनिक गर्ने क्रमलाई तीव्रता दिएका छन् ।

यसैबीच जनसम्पर्क समिति नेदरल्यान्डसको आगामी २७ सेप्टेम्बरमा हुने चौथो आसन्न अधिबेशनको लागि सभापति पदमा रामचन्द्र क्षेत्री (पदम)ले उम्मेदवारी घोषणा गरेका छन् ।

उनले महामन्त्रीमा सालिक गौतमसहित प्रारम्भिक टोलीको समेत घोषणा गरेका छन् ।

लामो समयदेखि नेदरल्यान्डस बसोबास गर्दै आएका क्षेत्री जनसम्पर्क समिति नेदरल्यान्डसका संस्थापक उपाध्यक्ष समेत हुन् ।

एक विज्ञप्तिमार्फत उम्मेद्वारी घोषणा गरेका रामचन्द्र क्षेत्रीले संगठनमा देखिएको व्यापक ध्रुविकरणलार्इ रोक्न र जनसम्पर्क समितिलाई एक ढिक्का बनाउदै लग्ने दृढ अठोटकासाथ चुनावी प्रतिस्पर्धामा होमिएको बताए ।

साथै उनले नेपाली कांग्रेसको महाधिबेशनमा भाग लिन जाने सम्बन्धमा आफूले सर्बसम्मति हुने अवस्था बाहेक अरु अबस्थामा आफ्नो उम्मेदवारी रहने जानकारी दिँदा दिँदै आफू लगायत तमाम कांग्रेसीहरूलाई बिना जानकारी उम्मेदवार हुनबाट बन्चित गराउँदै कसैलाई अबैधानिक रुपमा आगामी अध्यक्ष घोषणा गरिनु संगठनको बिधि, बिधान र स्थापित मूल्यमान्यता बिपरितको कार्य भएको बताए ।

उनले संगठनमा गलत नजिर बसालेको र समग्र कांग्रेसीहरुमा निराशा छाएको जनाउँदै जनसम्पर्क समिति नेदरल्यान्डसलार्इ सबैको साझा संगठनको रुपमा स्थापित गर्न आफ्नो उम्मेदवारी अपरिहार्य रहेको समेत बताएका छन् ।