१ कार्तिक २०८३, आइतबार

पाकिस्तानले सुरु गर्‍यो नयाँ न्युक्लियर निर्माण, भारतको सातो गयो!

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarif-modiकाठमाडौं, ३१ भदौ । पाकिस्तानले एउटा नयाँ न्युक्लियर साइट बनाइरहेको छ ।

स्याटेलाइटबाट मिलेका तस्बिरहरुको विश्लेषणपछि पश्चिमी डिफेन्स विज्ञहरु यस नतिजामा पुगेका हुन कि पाकिस्तानले एउटा युरेनियम सम्वर्द्धन कम्प्लेक्सको निर्माण गरिरहेको छ । यो खबर भारतको लागि पनि चिन्ताजनक रहेको भारतीय मिडियाले जनाएका छन् ।

इस्लामावादबाट लगभग ३० किमि टाढा कठुवामा यो नयाँ साइटको निर्माण कार्य चलिरहेको छ ।

यस्तो गर्न न्युक्लियर सप्लायर्स ग्रुप (एनएसजी) को मुलभुत सिद्धान्त वरुद्ध हो । जबकि पाकिस्तानले यसको सदस्य बन्नको लागि सक्दो प्रयास गरिरहेको छ ।

यस्तो मानिन्छ कि पाकिस्तानसँग भारतभन्दा पहिलेदेखि नै इजरायल र दक्षिण कोरियाको तुलनामा बढी युद्धपोत छ । एक अनुमान अनुसार पाकिस्तानसँग १ सय २० युद्धपोत हतियार छ ।

यो विश्लेषण आईएचएस जेनका इन्टेलिजेन्स रिव्युको तर्फबाट गरिएको हो ।

यसको लागि एयरबस डिफेंस र स्पेस स्याटेलाइटबाट २५ सेप्टेम्बर २०१५ र १८ अप्रिल २०१६ मा लिएका तस्बिरहरुको विश्लेषण गरिएको छ ।

यो दक्षिण एसियामा पाकिस्तानको गति बढ्ने युद्धपोत क्षमताको एउटा उदाहरण हो ।