काठमाडौं, ३१ भदौ । नेपालको लागि महिन्द्रा अटोमोबिल्स्को आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले आफ्नो सर्वाधिक लोकप्रिय तथा सबैभन्दा बढी विक्री हुने लक्जरी एस यु भी, महिन्द्रा स्कोर्पियो, एकैदिनमा ४० युनिट वितरण गर्दै उत्कृष्ट सेल्स् रिजल्ट ल्याउन सफल भएको छ ।
यसरी भारी मात्रामा गरिएको वितरण रेकर्ड सँगै महिन्द्रा स्कोर्पियोले ग्राहकहरुबीच आफ्नो लोकप्रियता तथा उपयोगिताको एकपटक फेरि परिचय दिएको छ ।
महिन्द्रा स्कोर्पियोको नेपालमा अग्रणी भूमिका अझै सुदृढ भएकोे विश्वास कम्पनीले लिएको छ ।
विगत १ दशकभन्दा बढीदेखि शहरी बाटोमा आरामदायी सफर अनि कच्ची सडक तथा अफ–रोडहरुमा अधिक पावर दिँदै महिन्द्रा स्कोर्पियोले नेपाली ग्राहकहरुलाई एउटा सम्पूर्ण एस यू भी को अनुभव दिँदै आइरहेको छ ।
यसका साथै उनिहरुलाई महिन्द्राको उत्कृष्ट परर्फमेन्स दिई एस यु भी गाडीहरुमा नेपालीहरुको पहिलो रोजाई बन्दै आइरहेको छ । साथै उत्कृष्ट माइलेज र कम मेन्टेनेन्स् खर्चका साथ महिन्द्रा स्कोर्पियो ग्राहकहरुलाई सम्पूर्ण सुविधा प्रदान गर्दै आइरहेको छ ।
अग्नि इन्कर्पाेरेटेडको बारेमा
अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पु¥याउँदै आई आप्mना सेवाहरु सञ्चालन गर्दै आएको छ र आज नेपालकै नम्बर एक मल्टी युटिलिटी गाडिहरुको बिक्रेताको रुपमा आपूmलाई प्रस्तुत गर्न सफल भइसकेको छ ।
महिन्द्राको बारेमा
महिन्द्रा ग्रुप ग्रामीण विकास गराउने र शहरी जीवनशैलीलाई गतिशीलता दिने तथा व्यवसायहरुको कार्यक्षमता बढाउने समाधानहरु प्रस्तुत गरी सबैको उन्नति गराउन प्रतिबद्ध कम्पनी हो ।
भारतको मुम्बईमा अवस्थित १७.८ अर्ब अमेरिकी डलरको यस मल्टीनेशनल ग्रुपले १०० वटाभन्दा बढी देशहरुमा भएका २००,००० जना व्यक्तिहरुलाई रोजगार अवसर प्रदान गराउँदै आएको छ । महिन्द्रा आर्थिक वृद्धि गराउने प्रमुख क्षेत्रहरुमा सञ्चालन हुँदै आएको छ र ट्रयाक्टर, युटिलिटि भेहिकल्स्, सुचना प्रविधि, वित्तीय सेवाहरु तथा भ्याकेसन ओनरशीप जस्ता सेक्टरहरुमा अग्रणी स्थान ओगटेको पनि छ । यस बाहेक महिन्द्राले एग्रो–व्यवसाय, एयरोस्पेश, कम्पोनेन्ट्स्, कन्सल्टिङ्ग सेवाहरु, डिफेन्स्, इनर्जी, इन्डस्ट्रीयल इक्वीप्मेन्ट्, लजिस्टिक्स्, रियल स्टेट्, रिटेल, स्टिल, कमर्शियल भेहिकल्स् तथा टु–व्हीलर्स् व्यवसाय अदिमा पनि बलियो उपस्थिति बनाएको छ ।















प्रतिक्रिया