काठमाडौं, ३१ भदौ । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईका गुरु एवम् भारतीय नेता एवम् प्रध्यापक एस.डी. मुनीले केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द गराएर नेपाल–भारत सम्बन्धमा तिक्ता ल्याएको आरोप लगाएका छन् ।
नेपालवाणी रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै प्रध्यापक मुनीले ओलीकै कारण भारत रिसाएको बताए ।
‘नेपाल–भारतवीचको सम्बन्ध बिगर्नुमा केपी ओली प्रमुख व्यक्ति हुन्’, उनले भने, ‘अब सम्बन्ध सुधार हुँदैछ । राम्रो हुन्छ । त्यति बेला राष्ट्रपतिको भ्रमण रद्द नगरेको भए नेपालको राजनीतिले अर्कै कोर्ष लिने थियो ।’
नेपालले सबैलाई स्वीकार्य हुन संविधान बनाउन नसकेको मुनीको आरोप थियो । ‘नेपालले आफ्ना सबै नेपाली नागरिकहरूलाई चित्त बझाउने गरेर संविधान ल्याउन सकेन’, उनले भने, ‘यस्तो अवस्थामा भारतले समर्थन गर्ने त कुरै हुँदैन न नी ?’
एस.डी. मुनीले नेपालमा सर्वस्वीकार्य संविधान बन्नु पर्ने बताए । उनले त्यसका लागि भारतको सद्भाव रहने उल्लेख गरेका छन् ।
साथै उनले आन्दोलनरत पक्ष पनि अहिले सरकारसँग नजिकिएको भन्दै संविधान संशोधन गरेर उनीहरूका जायज माग पूरा गर्नुपर्ने बताए ।











प्रतिक्रिया