२९ कार्तिक २०८३, आइतबार

साउदीमा दुःख पाएका सात नेपालीको यसरी भयो सकुशल उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saudi-arebiyaकाठमाडौं, ३१ भदौ । नेपाल प्रहरीको अपराध महाशाखा टेकु, काठमाडौंले साउदीमा दुःख पाएका सात जना नेपाली कामदारहरूलाई सकुशल उद्धार गरेको छ ।

बाँकेको नेपालगञ्जमा रहेको ‘कर्णाली मेनपावर’मार्फत साउदीस्थित ‘हासा अल दोसारी फोम साउदी’मा काम गर्न पुगेका बाँके र बर्दियाका चार नेपालीहरूलाई भदौ २९ गते उद्धार गरिएको अपराध महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हासा अल दोसारी फोम कम्पनी बद्नाम कम्पनीमा मानिन्छ ।

कर्णाली मेनपावरका सञ्चालकहरूले राम्रो काम र तलब पाईन्छ भनि लोभ देखाएर बर्दिया जमुनि सितापुरका २५ वर्षीय देवबहादुर कंडेल, मुगु हयागलुका ३५ वर्षीय रनबहादुर रोकाया, बाँके नेपालगंजका ३३ वर्षीय मोहमद आरुन खान, बाँके नेपालगंजकै २५ वर्षीय निसार खान, बर्दिया शिवपुर– २ का २८ वर्षीय खगेन्द्रनाथ योगी, बाँके मनिकापुर– ४ का २३ वर्षीय लीलबहादुर रोक्का मगर र बाँके पुरौना– ७ का २९ वर्षीय मोहमद सबीर खानलाई साउदी पठाएका थिए ।

मेनपावर कम्पनीले सम्झौता गरी पठाए अनुसारको काम र तलव नपाएको, तलब माग्न जादा पटक–पटक कम्पनीका मानिसबाट कुटाई समेत खानु परेको र काम नदिएको हुँदा, खानबस्न समेत समस्या भएको भन्दै पीडितहरूले जीवनरक्षा गरी नेपाल फिर्ता गराई पाउँ भने अपराध महाशाखा टेकुको हटलाईनमा फोन गरेर उदुरी दिएका थिए । उनीहरूले साउन ८ गते उजुरी दिएका हुन् ।

अपराध महाशाखा टेकुको विशेष पहलमा साउदीस्थित नेपाली दूतावास तथा अन्य सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी पीडितहरूलाई सात जना पीडितहरूलाई सकुशल स्वदेश फिर्ता गराइएको विज्ञप्तिमा उल्लेख छ ।