काठमाडौं, ३० भदौ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसका दिन बाजागाजासहित राजधानीसहित देशैभरि विशेष कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा आज बसेको स्थायी समिति बैठकले असोज ३ गते पहिलो संविधान दिवसका दिन विभिन्न कार्यक्रम गरी देशैभरि भव्यताका साथ मनाउने निर्णय गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी असोज ३ गते पहिलो संविधान दिवस विभिन्न कार्यक्रम गरी देशैभरि भव्यताका साथ मनाउने निर्णय गरिएको छ । राजधानीमा उक्त दिन दिउँसो १ बजेबाट रत्नपार्क शान्तिवाटिकाबाट बाजागाजासहित वृहत् र्यालीगर्ने र २ बजे वसन्तपुरमा आयोजित वृहत् सभामा पार्टी अध्यक्ष केपी ओलीलगायत नेताहरूले संवोधनगर्ने कार्यक्रम रहेको छ ।’
त्यसैगरी, एमालेले विभिन्न समयमाविभिन्न पार्टी परित्याग गरी एमालेमा समाहित भएका व्यक्तित्वहरूलाई जिम्मेवारी प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
एमालेले पार्टीको प्रादेशिक ढाँचासँग अनुकूल हुने गरी छविलाल विश्वकर्माको नेतृत्वमा ५२ सदस्यीय सम्पर्क समन्वय कमिटी गठन गर्ने गरेको छ ।
कमिटीको सहइञ्चार्ज विजयगुरूङ्ग र सचिवमा नरेन्द्र श्रेष्ठ रहनुभएको छ । सम्पर्क समन्वय कमिटीको हैसियत पार्टीको प्रदेश सङ्गठन कमिटी सरह हुनेछ ।
हालसम्म क्रियाशील अञ्चल सम्पर्क कमिटीहरूलाई प्रदेश ढाँचा अनुसार समायोजन गर्दै सात वटा प्रदेश सम्पर्क सङ्गठन कमिटी गठन गर्ने प्रस्तावलाई स्वीकृत गर्दै ती कमिटीहरूको हैसियत पार्टीको जिल्ला कमिटीसरह हुने निर्णय गरिएको एमालेका सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल कम्युनिस्टपार्टी
(एकीकृत माक्र्सवादी–लेनिनवादी)
केन्द्रीय प्रचार विभाग
धुम्बाराही, काठमाडौं
पत्र संख्या …….
भदौ ३०, २०७३
प्रेस वक्तव्य
नेकपा (एमाले) स्थायी कमिटीको ४३ औं बैठक आज सम्पन्नभएको छ । अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकले निम्न बमोजिमका निर्णयहरू गरेको छ–
१. विभिन्न समयमा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा समाहित हुनुभएका व्यक्तित्वहरूलाई देहाय बमोजिमको जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ–
क) घनश्याम भट्टराई– केन्द्रीय सल्लाहकार परिषद् सदस्य
ख) चक्रपाणि तिमिल्सिना– केन्द्रीय सल्लाहकार परिषद् सदस्य
ग) डा.डिल्लीराज खनाल– केन्द्रीय सल्लाहकार परिषद् सदस्य
घ) घनप्रसाद गौतम– केन्द्रीय सल्लाहकार परिषद् सदस्य
ङ) मझिलाल थारु थनैत– केन्द्रीय सल्लाहकार परिषद् सदस्य
छ) कृष्णबहादुर शाही– जेष्ठ कम्युनिष्ट मञ्च सदस्य
ज) बमबहादुर बीसी– सदस्य, ७ नं प्रदेश सङ्गठन कमिटी
झ) रूपबहादुर परियार– सदस्य, ७ नं प्रदेश सङ्गठन कमिटी
ञ) लक्ष्मी फुयाल– सदस्य, १ नं प्रदेश सङ्गठन कमिटी
ट) ट्रिपल पी गुरुङ्ग– सदस्य, ४ नं प्रदेश सङ्गठन कमिटी
ठ) चन्द्रलाल केप्छाकी मगर– २ नं प्रदेश सङ्गठन कमिटी
ड) विजय राई– १ नं प्रदेश सङ्गठन कमिटी
ढ) ठाकुर गजुरेल– ३ नं प्रदेश सङ्गठन कमिटी
२. पार्टीको प्रादेशिक ढाँचासँग अनुकूल हुनेगरी कमरेड छविलाल विश्वकर्माको नेतृत्वमा ५२ सदस्यीय सम्पर्क समन्वय कमिटी गठन गर्ने निर्णय गरिएको छ । कमिटीको सहइञ्चार्ज कमरेड विजयगुरूङ्ग र सचिव नरेन्द्र श्रेष्ठ रहनुभएको सम्पर्क समन्वय कमिटीको हैसियत पार्टीको प्रदेश सङ्गठन कमिटी सरह हुनेछ । हालसम्म क्रियाशील अञ्चल सम्पर्क कमिटीहरूलाई प्रदेश ढाँचा अनुसार समायोजन गर्दै सात वटा प्रदेश सम्पर्क सङ्गठन कमिटी गठन गर्ने प्रस्तावलाई स्वीकृत गर्दै ती कमिटीहरूको हैसियत पार्टीको जिल्ला कमिटीसरह हुने निर्णय गरिएको छ ।
३. बैठकले आगामीअसोज ३ गते पहिलो संविधानदिवस विभिन्नकार्यक्रम गरी देशैभरि भव्यताकासाथमनाउने निर्णय गरिएको छ । राजधानीमा उक्त दिन दिउँसो १ बजेबाट रत्नपार्क शान्तिवाटिकाबाट बाजागाजासहित वृहत् र्यालीगर्ने र २ बजे वसन्तपुरमाआयोजित वृहत्सभामा पार्टी अध्यक्ष कमरेड केपीशर्मा ओलीलगायत नेताहरूले संवोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रदीप ज्ञवाली
सचिव
केन्द्रीय सचिवालय











प्रतिक्रिया