काठमाडौं, ३० भदौ । पाकिस्तानले आफ्ना सेना प्रमुख राहिल शरीफको एक कथित ‘अपमानजनक’ तस्बिर छापेको भन्दै भारतको इण्डिया टुडेको वेबसाइटलाई ब्लक गरेको छ ।
अँग्रेजी भाषाको यस म्यागेजिनले आफ्नो हालैको अंकको कभर पेजमा राहिलको तस्बिर छापको थियो । यसमा राहिलको गालामा थप्पडको निशान बनाएको तस्बिर छापेको थियो ।
पाकिस्तानमा इंडिया टुडेको वेबसाइटमा ‘तपाई जुन वेबसाइटमा जान चाहानु हुन्छ उसको सामग्रीलाई पाकिस्तानमा हेर्न मनाही गरेको छ । यस वेबसाइटमा तपाई पुग्न सक्नुहुन्न ।
इन्टरनेटमा आपत्तिजनक चीज ब्लक गर्नको लागि अधिकृत पाकिस्तान टेलिकम्यसनिकेसन निर्देशन(पीटीए)बाट यसको पुष्टिको लागि सम्पर्क गर्न सकेको छैन् ।
खासमा यस्तो लाग्छ कि पाकिस्तानको पीडीएलाई पाकिस्तानमा यस वेबसाइट लाइ ब्लक गर्ने निर्देशन मिलेको थियो ।
यो भन्दा पहिले लाहौर हाइकोर्ट ले एक याचिकर्तालाई यस विषयको संघिय सरकार समक्ष उठाउने निर्देशन दिएको थियो । यस महिनाको सुरुवातमा अदालतले यस याचिकालाई तह लगाउने गरेको थियो ।
जसले गर्दा संघीय सरकारलाई यो निर्देशन दिने माग गरेको थियो कि जनरलको अपमानजनक फोटो छाप्ने वेबसाइटमा प्रतिबन्ध लगाउनु नै पर्छ ।
















प्रतिक्रिया