
काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की कान्छी बुहारी बिना मगर दाहाल र परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतकी पत्नी बिना बुढाथोकी महतको अलि धेरै चर्तिकला बढ्न थालेको छ ।
बुहारी बिनाले बालुवाटार कब्जा गरेकी छिन् भने पत्नी बिना परराष्ट्र मन्त्रालयतिर बरालिने गरेकी छिन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
प्रकाश दाहालकी कान्छी पत्नी बिना मगर दाहालले आफू निकटका नेता तथा कार्यकर्ता र व्यापारीलाई मात्रै बालुवाटारमा इन्ट्री दिएको माओवादी केन्द्रका एक नेताले बताए ।
‘बिना मगर र प्रकाश दाहालको बालुवाटारमा एकछत्र कब्जा छ । उनीहरूले नचाहँदासम्म प्रधानमन्त्री प्रचण्डसँग भेट्नै पाइँदैन’, ती नेताले भने–‘जनयुद्धमा आफ्नो ज्यान र परिवारको सुख छाडेर लागियो । अहिले आफ्नै पार्टीका अध्यक्षलाई भेट्न पाइँदैन । योभन्दा ठूलो कष्ट अरु के हुन्छ ?’

पति प्रकाशको निर्देशन र खटन पटन पनि पत्नी बिनाले मान्दिनन् । बिनाले ससुरा प्रचण्डलाई रिझाएर सासु सीता दाहाललाई पनि पछाडि पारेकी छिन् ।
वीनाको यो गतिविधि सीता दाहाललाई खासै मन परेको छैन । बिनाले अहिले धमाधम पैसा उठाउने धन्दा पनि थालेको आरोप माओवादी केन्द्रका नेताहरूले लगाएका छन् ।
उता, परराष्ट्र मन्त्रीकी पत्नी बिना बुढाथोकी महतले भारत जाने पत्रकार, नेता र कर्मचारी तथा आसेपासेहरूको सूची तयार पारेको खुलासा भएको छ ।
महतले आफूलाई सहयोग गर्नेहरूलाई मात्रै भ्रमण दलमा पारेको स्रोतको भनाइ छ । बिना र डा.महतका प्रेस सल्लाहकार एकराज पाठक परराष्ट्र मन्त्रालयमा अलि धेरै हाबी भएका छन् ।
बिना र पाठकले मिलेर फाइलहरूको अनुगमन गरेर के कति आउँछ हिसाब किताब गर्ने गरेको स्रोतको भनाइ छ ।
हुन त परराष्ट्रमन्त्री डा.महतको प्रेस सल्लाहकारमा बिनाकै दबाबमा पाठकलाई नियुक्त गरिएको हो । बिना र पाठकवीच परिवार नियोजन र एनजिओमार्फत घनिष्ठता भएको थियो ।















प्रतिक्रिया