नयाँदिल्ली, २९ भदौ । चीनले लागुऔषध तस्करीको आरोपमा पाँच भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सेप्टेम्बर सात तारिखमा चिनियाँ सुरक्षाकर्मीले पाँच जना भारतीय नागरिकलाई युनानको कुनमिंग हवाईअड्डाबाट गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनीहरू कुनमिंग कोलकोटाबाट गएको जनाइएको छ ।
गिरफ्तर भारतीय नागरिकहरूसँग १८ किलोग्राम भाङ्ग (गाँजा) बरामद भएको छ । गाँजालाई उनीहरूले ल्यापटप र खानेकुरामा लुकाएर लगेको समाचारमा उल्लेख छ ।
चीनमा लागुऔषध कारोबारलाई गम्भीर अपराध मानिन्त । यस विषयमा चीनले पाँच भारतीयलाई ज्यान सजायसम्म दिन सक्ने जनाइएको छ । – एजेन्सी















प्रतिक्रिया