बेइजिङ (चीन), २९ भदौ । चीनको उच्च विधानमण्डलले मङ्गलबार सन् २०१३ को निर्वाचनमा लियाओनिङ प्रान्तबाट प्रतिनिधित्व गरेका ४५ प्रतिनिधिलाई निर्वाचनमा अनियमितता गरेको आरोप प्रमाणित गर्दै अयोग्य ठहर गरेको छ ।
चिनियाँ नेसनल पिपुल्स कङ्ग्रेस (एनपीसी) को मङ्गलबार बसेको सभाले लियाओनिङबाट निर्वाचित भएका ४५ प्रतिनिधिलाई अपदस्थ गर्ने निर्णय लिएको हो ।
उनीहरुविरुद्ध निर्वाचनका क्रममा भोट किनेको तथा घुस लिनदेनमा संलग्नता जनाएको अभियोग लगाइएको एनपीसी प्रन्यायक समितिका प्रमुख मा वेनले बताउनुभयो । – सिन्ह्वा















प्रतिक्रिया