१ कार्तिक २०८३, शनिबार

बेलायतमा २८ नेपाली विद्यार्थीलाई विशेष सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tower-bridge-693847रेडिङ्ग (युके) । यस वर्ष जीसीएसई उत्तीर्ण नेपाली विद्यार्थीलाई हाइली स्किल्ड माइग्र्यन्ट फोरम रेडिङ्गले सम्मान गरेको छ ।

जीसीएस्ई एप्रिसिएसन कार्यक्रममा जीसीएसई उत्तीर्ण २८ जना विद्यार्थीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो ।

प्रमुख अतिथी तथा रेडिङ्ग् यूनिभर्सिटी मोडर्न ल्यांगवेज एन्ड यूरोपियन स्टडिजकी अध्यापक डा.एलिसन मार्टिनले यूनिभर्सिटीमा प्रवेश पाउन आवश्यक कुराहरुको चर्चा गर्दै सफलताको लागि विद्यार्थीको मिहेनत र प्रतिवद्धताको साथमा अभिभावक तथा शिक्षकको पनि प्रभावकारी भूमिका रहने कुरामा जोड दिएकी थिइन ।

नेपाली व्यारिष्टर देबेन्द्र श्रेष्ठले विद्यार्थीले सपना देख्नुपर्ने र उक्त सपना साकार पार्ने अठोटमा अनुशासित भै लाग्नुपर्ने बताए ।

सम्मान कार्यक्रममा रेडिङ्ग् साइन्टिफिक सर्विसेज लिमिटेड’का निर्देशक एलान गन्डलले प्रतिस्पर्धात्मक रोजगार बजारमा विद्यार्थीले आफुलाई तयार राख्नुपर्ने बताए ।

जीसीएसई परीक्षामा सहभागी विद्यार्थी प्रिज्मा गौतम, अकिशा आचार्य, वेदान्त दुधराज तथा अभिभावकहरु यशोदा पौडेल, ललित दुधराज र कमला गौतमले जीसीएसई परीक्षाको अनुभव व्यक्त गरेका थिए ।

कार्यक्रममा रसायन शास्त्रमा विद्यावारिधी अध्ययनरत छात्रा सारा गुरुङले आफ्नो अनुसन्धानको छोटो प्रस्तुति दिँदै परीक्षाफल जे जस्तो भएपनि ईच्छशक्ति भए आफूले रोजेको बिषयमा सफलता प्राप्त हुन सक्ने बताएकी थिइन् ।

फोरमका संयोजक डा.नवीन आचार्यको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा रमेश कायस्थले एचएसएमपि फोरमको संक्षिप्त चिनारी र कार्यक्रमको उद्देश्यको बारेमा चर्चा गरेका थिए ।