१ कार्तिक २०८३, शनिबार

प्रवासी नेपाली संघ भारतको विशेष कार्यक्रम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

onf-india

मुम्बई । प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समितिको विशेष कार्यक्रम सम्पन्न भएको छ ।

समितिको मातहत मरहेको दक्षिण मुम्बैनगर समिति अन्तर्गत पर्ने दादर पश्चिम स्थित नन्दा धाम बिल्डिंगको पार्टी हलमा प्रेमराज भण्डारीको बिशेष पहलमा अनिता भुलको अध्यक्षतामा सुरु भएको बिशेष कार्यक्रममा संघका महाराष्ट्र गुजरात सयुक्त राज्य समिति उपाध्यक्ष प्रेम भट्टराई राष्ट्रप्रेमीको प्रमुख आतिथ्य रहेर कमल भुलको संचालनमा प्रारम्भ भएको कार्यक्रममा स्थानीय नेपाली कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

सुदुर पश्चिम देउडा गायक आर बि भुल र सहसचिव अनिता भुलले आफ्नो बजारमा आएको र आउदै गरेको एल्बमको प्रत्यक्ष गाएर उपस्थित दर्शकहरुलाई मनोरंजन गराएका थिए ।

अन्य अतिथिहरुमा राज्य सहसचिव तथा गुजरात इन्चार्ज डी एम बुढा, राज्य सदस्य प्रेमराज भण्डारी, दिपक शोडारी, देउडा गायक आर बी भुल, डिल्लीराज जोशी, करण भुल रहेका थिए । कार्यक्रमलार्इ सम्बोधन गर्दै प्रमुख अतिथिले प्रवासी नेपालीहरुका पीडाबाट मुक्त हुन फराकिलो सोच राख्दै आर्थिक क्रान्तिको थालनी गर्नुपर्ने बताए ।

देशलाइ बिकासमुखी बनाउन पुनः ओली सरकार जस्तो दुरदर्शी र पारदर्शी योजना तर्जुमा सहितको स्थिर सरकारको जरुरत रहरको कुरा राख्दै स्वार्थको निम्ति कुर्शी ताक्ने प्रवृति त्याग्नुपर्ने कुरा औल्याउनुभयो ।

उक्त कार्यक्रमसंगै दादर प्रारम्भिक समिति गठन भयको थियो जसमा अध्यक्ष कृति शिंह भुल, उपाध्यक्ष पुरन भुल, सचिव कमल भुल, कोषाध्क्ष भुपेन्द्र भुल सहसचिव अनिता भुल ? सदस्यहरुमा प्रेंम सिंह भुल, चेतराज जैशी, खडक भुल धन भुल, राजेन्द्र भुल, महिला शारदा देवी भुल सल्लाहकार डिल्लीराज जोशी, आर बि सिंह भुल, गोविन्द भुल रहनु भएको छ ।

नवनिर्बाचित सम्पूर्ण टोलि लाइ प्रमुख अतिथि भट्टराईले प्रवासी नेपाली संघ भारतको बिधान अनुरुप पद तथा गोपनियताको सपथ गह्रण गराउनुभएको थियो ।