लन्डन, २८ भदौ । बेलायती पूर्व प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायती संसद, हाउस अफ कमन्स, बाट पनि राजीनामा दिनुभएको बेलायती सञ्चारमाध्यम आईटीभीले सोमबार जनाएको छ ।
बेलायत युरोपेली युनियनमा नरहने भनी बेलायती नागरिकले जनमतसङ्ग्रहमा गरेको निर्णयबमोजिम बेलायत युरोपबाट फिर्ता हुने प्रक्रियामा सहज वातावरण होस् भनी प्रधानमन्त्रीका रुपमा उहाँले गत जुलाईमा राजीनामा दिनुभएको थियो ।
क्यामरुनले बेलायत ईयूबाट बहिर्गमन गर्नु हुने वा नहुने भन्ने विषयमा बेलायत र ईयूको सहकार्य टुटाउन नहुने पक्षमा लागे पनि अन्ततः उहाँको अभियानले सफलता पाउन सकेको थिएन ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएको करिब दुई महिनापछि उहाँले सांसद पदबाटसमेत राजीनामा दिएर विश्वजगत्लाई नै आश्चर्यमा पार्नुभएको छ ।
सक्रिए राजनीतिबाट टाढिएसँगै उहाँ आजभोलि घुमघाममा व्यस्त हुनुहुन्छ । रासस/एएफपी
















प्रतिक्रिया