काठमाडौं, १२ भदौ । क्यान्सर सोसाइटी नेपालले क्यान्सरको उपचार गर्न राजधानी आउने विपन्न र असाय परिवारका बिरामीलाई उपचार अवधिभर निशुल्क आवासको व्यवस्था गर्ने भएको छ ।
विभिन्न संघ–संस्थासँग सहकार्य गरेर महिलाको पाठेघर तथा स्तन क्यान्सर जस्ता रोगको रोगथामसम्बन्धी जनचेतना मूलक कार्य गर्दै आएको उक्त संस्थाले समाज सेवाकाृ उद्देश्यले यस्तो कार्य गर्न लागेको बताएको छ ।
‘हामीले विभिन्न समयमा क्यान्सर रोगको रोकथाम सम्बन्धी नाटक, सभा, गोष्ठी र अन्य विविध कार्यक्रम गर्दै आएका छौँ,’ क्यान्सर सोसाइटी नेपालका कार्यक्रम निर्देश यमनाथ मैनालीले भन्नुभयो ।
उक्त संस्थाले विपन्न तथा असाय परिवारका विरामीको उपचारका लागि सहयोग गर्न पनि अपिल गरेको छ ।
आगामी दिनमा यससम्बन्धी विभिन्न खालका च्यारीटी गर्ने पनि उक्त संस्थाले तयारी गरेको छ ।
विद्यालय स्तरीय क्यान्सर शिक्षा कार्यक्रम संचालन र पाठ्यक्रममा उक्त शिक्षा समावेश गराउनका लागि सम्वन्धित निकायलाई उक्त संस्थाले दवाव दिने तयारी गरेको छ ।















प्रतिक्रिया