अमेरिका । गैर आबसीय नेपाली संघको दोश्रो अफ्रिका क्षेत्रीय बैठक तान्जानियाको राजधानी दार–ए सलाममा यही डिसेम्बर २४–२५ सम्म सम्पन्न हुने भएको छ ।
बैठक एनआरएनए तान्जानियाको आतिथ्यमा र नेपाल दूतावाश दक्षिण अफ्रिकाको सह्कार्यमा आयोजना हुँदैछ ।
बैठकले अफ्रिकामा रहेका नेपालीका समस्या, नेपाल दुतावास र निकायको न्युन उपस्थितिले परीरहेको समस्या, गैरकानुनी मानब ओसारपसार, अफ्रिका राहत कोष तथा अफ्रिका र नेपालवीच पर्यटन अनुभव आदान प्रदान लगायत विषयमा छलफल गर्नेछ ।
बैठकमा एक दर्जन भन्दा बढी अफ्रिका स्थित एनआरएनएका राष्ट्रिय समितीहरुको उपस्थिती रहनेछ ।
बैठकको आयोजना गर्न अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्की संयोजक र एनआरएनए तान्जानियाका अध्यक्ष रोशन थापा सह्संयोजक रहेको एक आयोजक समिति गठन भएको छ ।















प्रतिक्रिया