३० आश्विन २०८३, शुक्रबार

सेक्सको मामिलामा दक्षिणपन्थी अगाडि, कम्युनिष्टलाई झापड!

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-couple-2

एजेन्सी । सेक्स जीवन विचारधाराबाट समेत प्रभावित हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

एउटा सर्वेक्षण अनुसार दक्षिणपंथी विचारधाराको व्यक्तिको सेक्स जीवन कम्युनिष्ट विचारधाराको भन्दा धेरै राम्रो हुन्छ ।

टेलिग्राफको एउटा प्रतिवेदन अनुसार यो सर्वेक्षण ‘युगभ’ को तर्फबाट गरिएको थियो । यसमा ब्रिटेन, स्वीडेन, जर्मनी, फ्रन्स र डेनमार्कका १९ हजार भन्दा बढी युवा सहभागी थिए ।

उनीहरुको विचारधारा र सेक्स जीवनलाई लिएर सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा जुन व्यक्तिको विचारधाराको झुकाव दक्षिणपथीं थियो उनको सेक्स जीवन अन्य विचारधारा भएको व्यक्तिको तुलनामा धेरै राम्रो रहेको पाइएको थियो ।

जुन व्यक्तिको विचारधारा वामपंथी थियो उनको सेक्स जीवन धेरै नै खराव भएको प्रमाणित हुन गएको थियो ।

सर्वेक्षण अनुसार ब्रिटेनमा दक्षिणपंथी विचारधारालाई आत्मासाथ गर्ने ७३ प्रतिशत भन्दा बढी युवा आफ्नो सेक्स जीवनमा धेरै खुसी रहेको पाइएको थियो, भने वामपंथी विचारधारा लाई आत्मासाथ गर्ने युवाहरुको यो प्रतिशत ६६ थियो ।

‘युगफ’को राजनीतिक र सामाजिक अनुसन्धानका प्रमुख टायम्यानले राम्रो सेक्स जीवनलाई प्रभावित पार्ने धेरै कारक तत्त्व हुन्छन् भनेर बताए ।

तर, यो अध्ययनले केवल राजनीतिक जीवन परिवर्तन गर्दैमा सेक्स लाईफ धेरै राम्रो हुनजान्छ भन्ने कुरा बताउन सक्दैन ।