वाशिंगटन डिसी । नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्जिनिया शाखाले आयोजना गरेको विपी जयन्ती कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले समितिमा अब एक पैसा पनि अब अपचलन नभएको बताएका छन् ।
उनले उक्त कुरा बिपी जयन्तीमा पूर्व वक्ताहरुले नेपाली जनसम्पर्क समितिले भूकम्प पीडितको लागि अमेरिकामा उठाईएको रकम अपचलन भएको सवालमा उक्त कुराको जवाफ दिने क्रममा भनेका हुन् ।
मन्तब्यको क्रममा बिष्टले बिपी कोइरालाको बारेमा चर्चा गर्दै भने, ‘भूकम्प पीडितको घटनाको सवालमा म सम्पूर्ण रुपमा जिम्मा लिदै म क्षमा माग्छु किनभने म नेतृत्वमा छु भने िउनले अगाडी जो सुकैले गरे पनि मुर्धन्य पदमा हुँदा यस्तो आरोप टाउकेलाई लाग्ने हुनाले त्यो कुरामा आफु फुत्कन मिल्दैन ।’
बिष्टले १५ महिना लगाएर हिनामिना भएको रकम कोषाध्यक्षसंग लिएको बताए । आफूले विश्वास गरेको व्यक्तिबाट ठूलो धोका भएको भन्दै परदेशमा विश्वासमा काम गर्नाले अप्ठ्यारो स्थितिआई परेको उनले बताए ।
















प्रतिक्रिया