कुवेत । गैरआवासीय नेपाली संघ एनआरएनका अध्यक्षको गाडी तोडफोड भएको छ ।
एनआरएन कुवेतका अध्यक्ष धर्म राज गिरीको गाडी मध्यराति अज्ञात समूहले तोडफोड गरेको हो । तोडफोड गर्ने नेपाली नै भएको हुन सक्ने बताइएको छ । यसैगरी, एनआरएन आईसीसी कोअर्डिनेटर सुजन केसीमाथि पनि अज्ञात समूहले धम्काइरहेको उनले जनाएका छन् ।
गैरकानुनी रुपमा महिला कामदार लगेको विषयमा विरोध गरेका कारण उनीहरुमाथि आक्रमण र धम्की आएको बताइएको छ । गिरीले केही दिन यता घरेलु महिला कामदारको सुरक्षाको परिपाटी नमिलाएसम्म कामदार नपठाइयोस भन्ने अभियानको नेतृत्व गरिरहेका छन् । जस अनुरुप कुवेतका ४० भन्दा धेरै संघसंस्था र एनआरएनले सयुक्त रुपमा हस्ताक्षर संकलन गरी प्रधानमन्त्री कार्यालयमा समेत पठाउनको लागि गैरआवासिय नेपाली संघको सचिबालय काठमाडौंमा पठाइसकेको छ । सोहीकारण उनीहरुमाथि आक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।
कानुनी तवरले ३७ हजार र भारतीयबाटो हुदै आउने थप अनुमानित संख्या मिलाउदा ५० हजार घरेलु महिला कामदार रहेको कुवेतमा समस्याहरु पनि त्यतिकै भयावह छन । कानुनी जटिलता र जिम्मेवारी बोध गर्ने निकायको अभावमा हजारौको संख्यामा पिडित महिलाहरु उद्धारको लागि रोई कराई रहेको विद्यमान अवस्था कुवेतमा छ । यो अवस्थाको बोध गरेर दुतावासले मन्त्रालयको दवावको सामना गर्दै सुरक्षित परिपाटी नभएसम्म ईजाजत नदिने भनिरहेको अवस्था एकातिर छ भने अर्कोतिर यसलाई खुलाउन पर्छ भन्ने मेनपावर व्यवसायीहरु कुवेतदेखि नेपालसम्म र श्रम मन्त्रीसम्म आर्थिक चलखेलमा लागेको एनआरएन कुवेतको दाबी छ ।














प्रतिक्रिया