१ कार्तिक २०८३, शनिबार

राजदूत कार्कीलाई अस्थाई सुरक्षित दर्जासम्बन्धि ज्ञापन पत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dc 6– विजय थापा

वाशिंगटन डिसी । सेप्टेम्बर ९ ,अमेरिकामा सक्रिय रहेका नेपाली सामाजिक संघ तथा संस्थाको पहलमा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीलाई वाशिंगटन डिसी स्थित नेपाली दुताबासमा अस्थाई सुरक्षित दर्जासम्बन्धि ज्ञापन पत्र बुझाईएको छ ।

सामुहिक रुपमा बुझाईएको उक्त ज्ञापन पत्रमा अस्थाई सुरक्षित दर्जाको म्याद गुज्रने अवधि आगामी डिसेम्बर २१ तारिख रहेकोले नेपाली दुताबास मार्फत अमेरिकन सरकार समक्ष उक्त अनुरोध पुर्याउन आग्रह गर्दै उक्त ज्ञापन पत्र राजदुत कार्कीलाई बुझाईएको हो ।

राजदुत कार्कीले ज्ञापन पत्र बुझ्दै सकारात्मक रुपमा आगामी सोमबार नै यस बिषयमा अमेरिकन सरकार र सम्बन्धित निकायमा पुर्याउने जानकारी गराउनु भयो ।

नेपालले पाएको अस्थाई सुरक्षित दर्जा सुबिधा अनुसार भूकम्पबाट पिडित तथा प्रभावित भएका आफन्त संग भेटघाट गर्न पाएको तथा अमेरिकामा कानुनी रुपमा काम गर्ने स्वीकृत पाएकाले परिवारलाई आर्थिक सहयोग गरेको कुरा समेत उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

गत बर्ष जुन २४ ,२०१५ तारिख सम्म कागज नभएका नेपालीलाई दिएको सुबिधा केवल १८ महिनाको लाई दिएकोमा आगामी डिसेम्बर २१ तारिखमा म्याद सकिने भएकोले नबिकरणको लागी ध्यानाकर्षण गर्न न्युयोर्क ,म्यारिल्याण्ड ,भर्जिनिया तथा डिसी बाट प्रतिनिधिमंडल दुताबास पुगेका थिए ।

नेपाल गएर फर्केका कसैलाई कुनै कानुनी अड्चन बिना अमेरिकन सरकारले अमेरिका आउन दिएको भन्दै शिघ्र अमेरिकाको होमल्याण्ड सुरक्षा बिभागलाई यस बारे आवस्यक कार्यको पहल गर्न नेपाली दुताबास मार्फत प्रतिनिधिमंडलले अनुरोध गरेको छ ।