वाशिंगटन डिसी । आगामी सेप्टेम्बर १७ तारिख भर्जिनियाको हे मार्केट शहरमा हुन् गै रहेको हे मार्केट दिवस २०१६ मा डिसी महानगर क्षेत्रको क्रियाशील गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाजले सहभागिता जनाउने भएको छ ।
अमेरिका नेपाल सहयोगी समाज तथा एएनएचएस प्रतिष्ठान ले हे मार्केट दिवसमा नेपालको पहिचान झल्काउने भेषभुषा ,पहिरन सहितको झाकी तथा प्रदर्शन गर्ने भएको छ ।
उक्त परेड ९प्रदर्शन०मा हामी सबै नेपाली को गौरब तथा पहिचानको लागि नेपाली समुदायको उपस्थितिले बिशेष महत्व राख्ने हुनाले डिसी महानगर क्षेत्रमा रहेका सबै संघ तथा संस्थाका प्रतिनिधि तथा नेपाली समुदायमा उपस्थितिको लागि अमेरिका नेपाल सहयोगी समाज का संरक्षक मधु पन्थीले सबैमा आग्रह गरेका छन् ।
हे मार्केट डे २०१६ नामक कार्यक्रम सेप्टेम्बर १७ तारिख शनिबार बिहान ९ बजे देखि कार्यक्रम साँझ सम्म हुने भएको छ ।
झन्डै ३० हजार सहभागी हुन् सक्ने उक्त दिवसमा विश्व भरका विभिन्न देशका बिबिध थरिका झाकी तथा आफ्ना देशका पोशाक सहित प्रतिनिधिन्त्व गर्ने छन् ।
उक्त कार्यक्रममा उधमी ,बिशेष व्यक्तित्वहरु ,राजनैतिक दलका नेताहरु तथा सरकारी पदाधिकारी तथा अन्य सहितको भब्य सहभागिता हुने हुनाले यो नेपाली समुदायको लागि ठुलो अवसर हुने भएको छ ।
नेपाली समुदायले जति सक्यो त्यति सहभागिता जनाए उतिनै नेपाली समुदायलाई फाईदा हुन् सक्ने पन्थीले बताए ।
सहभागी हुन् चाहना राख्ने ले नेपाली पन झल्कने प्रकारको पोशाक लगाएर पाल्नु हुन् समेत आग्रह सहभागी हुने संस्था अमेरिका नेपाल सहयोगी समाजले जनाएको छ ।
















प्रतिक्रिया